सडक यातायात नहुँदा २४ घण्टादेखि व्यथा लागेर ज्यान जोखिममा परेका एक सुत्केरीको बैतडीको सिगासबाट हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर २४ घण्टादेखि सिगास गाउँपालिका–६, थलाकाँडा सवस्थ्य चौकीमा रहेका सुत्केरी विन्दु धामीलाई हवाई उद्धार गरेर सोमबार सुर्खेतको प्रादेशिक अस्पताल लगिएको होे ।
भारतको उत्तरी र पूर्वी भूभागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको सङ्ख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू कहिल्यै पनि पदको लोभमा नभएको बताउनुभएको छ । समाजवादी प्रेस संगठन, गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफू पदको लोभमा नभएको बताउनुभएको हो ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दैछ । सोमबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाका सांसद प्रदिप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं नेकपा एमालेको तर्फबाट प्रदेशको नामकरणको विषयमा सहजिकरण गर्न बनाएको कार्यदलका संयोजक हिक्मत कार्कीले प्रदेश १ को नामाकरण यो प्रदेश सभाले गर्न नसक्ने अवस्था आएको बताउनुभएको छ ।
तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा कौरा नृत्य प्रस्तुत गर्दै युवती । तस्बिर : कृष्ण न्यौपाने\रासस
पौडी पोखरीसहित रिसोर्टहरू खुलेपछि उदयपुरको बेलका नगरपालिका वडा नं ८ को सोमबारे र कोठु क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। सप्तकोसीको किनारामा अवस्थित सो क्षेत्रमा करिब चार करोडको लगानीमा निर्माण गरी हालै सञ्चालनमा ल्याइएको पुलसहितको बेलका विच एन्ड रिसोर्टले नेपाल र छिमेक मुलुक भारतकासमेत पर्यटकलाई आकर्षित गरेको हो।
छ जना महिला कलाकार आफ्ना ३५ थान कलाकृतिका साथ अरुपण आर्ट ग्यालरीमा शनिबारबाट देखिनुभएको छ। नियो अरुपण आर्टिस्ट ग्रुपका सञ्जु प्रधान, रीता खनाल, कोमल श्रेष्ठ, सुन्दरमाला बैठा, गङ्गा अधिकारी र खुसी मास्केका कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्राज्ञ रमेश खनालसँग विगत २ वर्षदेखि कला सिक्दै आउनुभएका कलाकारहरूले प्रदर्शनीमा हिमाली दृष्यका साथै मुहार चित्रण, स्थिर वस्तु चित्रण, समसामयिक र मिथिला चित्रहरू प्रदर्शनीमा राख्नुभएको छ। यसका साथमा मठ मन्दिर र गणेश कृष्ण आदि देवीदेवताका चित्रहरू समेत प्रदर्शित छन्।
अभिनेत्री ऋचा शर्माले छोटा चलचित्र ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्न सफल हुनुभएको छ। उहाँले टाइटन इन्टरनेसनल फिल्म फेस्टिभलमा यो अवार्ड जित्नुभएको हो। अवार्डको घोषणा भए पनि यसको वितरण भने डिसेम्बर १७ मा सिड्नीमा हुने जनाइएको छ। शर्माले अवार्ड समारोहमा उपस्थितिका लागि फेस्टिभल आयोजकबाट निमन्त्रणा आइसकेको बताउनुभयो।
चिनी उद्योग सञ्चालक र उखु किसानबीच बर्सेनि भुक्तानीसम्बन्धी समस्या आउने भएपछि किसान उखुखेती छाडेर केराखेतीतर्फ लाग्ने क्रम बढ्दो छ । पश्चिम नवलपरासीका किसान केराखेतीमा आकर्षित हुँदै गएको नवलपरासी केरा उत्पादक सङ्घका अध्यक्ष लख्खु यादवले बताउनुभयो ।
हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसाग जोड्ने एक मात्रै सडक सञ्जाल बेनी–जोमसोम सडक खण्ड आइतबार रातीको पानीले गर्दा पहिरो जाँदा अबरुद्ध भएको छ ।
नेपाली राजनीतिमा सिद्धान्तनिष्ठ प्रभावी व्यक्तिको सूची असाध्य सीमित छ। हुन पनि थोरै व्यक्तित्व मात्र हुन्छन् जो पार्टीगत राजनीतिभन्दा माथि उठेर सत्य, निष्ठा, चिन्तन तथा विचारकका रूपमा सबै राजनीतिक दलबाट उत्तिकै आदरणीय तथा श्रद्धेय रहन्छन्। यिनै व्यक्तित्वमा प्रदीप गिरीको नाममा अग्रणी आउँथ्यो। समाजवादी चिन्तक, माक्र्सवादका गहन व्याख्यता तथा सादा जीवन र उच्च विचारलाई व्यवहारमा उतार्न रुचाउने नेपाली काँग्रेसका नेता गिरीको शनिबार राति ९.३६ बजे ललितपुरको भैँसेपाटी स्थिति मेडिसिटी अस्पतालमा निधन भयो। उहाँको निधनले मुलुक एक निष्ठापूर्ण र आदर्श राजनेता गुमाएको छ। समाजवादी साधक र चिन्तकका रूपमा नेपालमा मात्र होइन, दक्षिण एसियामै ठूलो अभाव खड्किएको छ।
एक युगमा एक महामानवको जन्म हुन्छ। लोकतान्त्रिक आन्दोलनका योद्धा, समाजवादी चिन्तक/विचारक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले नेपाली समाजसँगै विश्वकै विद्वत् वर्ग शोकमा परेको छ । नेता गिरीको भदौ ४ गते शनिबार निधनभएपछि एक युगको अन्त्य भएको छ। म प्रदीप गिरीलाई दाइ भनेर सम्बोधन गर्छु। मेरो जीवनमा प्रदीप दाइलाई सम्झिने आयाम धेरै छन् । १४ वर्षको उमेरदेखि म उहाँको सङ्गतमा थिएँ । मेरो शिक्षामा, अध्ययनमा रुचि परिस्कृत गर्न उहाँको धेरै ठूलो हात छ । वास्तवमा म पत्रकारितामा लाग्नुको मुख्य कारण उहाँकै प्रेरणा हो । उहाँले मलाई राजनीतिक कार्यकर्ताको रूप मा भन्दा पनि रचनात्मक काम गर्ने पत्रकारका रूपमा देख्न चाहनुहुन्थ्यो । नेपाली राजनीतिमा उहाँको उपस्थिति नहुँदा एउटा शून्यको अवस्था सिर्जना भएको छ ।