ताप्लेजुङमा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सवको तयारी थालिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आगामी असोज दोस्रो साता महोत्सव आयोजना गर्नेगरी तयारी थालिएको हो ।
बुटवलका एक मृतक महिलालाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक व्यक्ति पक्राउ परेका छन् । बुटवल बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामेलाई प्रहरीले पक्राउ गरेको हो ।
पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल छ हजार ६४३ कोरोना परीक्षण गर्दा ६५८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं, भदौ ६ गते । जुम्लाको दुर्गम गाउँमा पहिलो पटक फिल्म 'प्रकाश'को विश्वव्यापी प्रिमियर गरिएको छ । भदौको १० गतेबाट रिलिज हुन लागेको यो फिल्मको आइतबार साँझ पातारासी गाउँपालिकाको तिर्खु गाउँमा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालयको परिसरमा प्रिमियर गरिएको हो ।हल र बिजुली नभएका गाउँमा फिल्म निर्माण टिमले नै जेनेरेटर र प्रोजेक्टरको व्यवस्था गरि फिल्म देखाइएको हो । फिल्मको प्रिमियरमा नायक प्रदीप खड्का र लेखक विकास सुवेदी उपस्थिति थियो । कलाकारको स्वागतमा गाउँलेले झाँकी निकालेका तस्बिरहरु अभिनेता प्रदीप खड्काले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ । जुम्लामै सुटिङ गरिएको फिल्ममा शिक्षक बन्न एक युवाले गर्नुपरेका सङ्घर्षको कथालाई प्रस्तुत गरिएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।विकास सुवेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत छ । फिल्मका निर्माता महेन्द्र अधिकारी हुनुहुन्छ ।
सुडानका छ राज्यमा आपतकाल घोषणा गरिएको छ । अत्याधिक वर्षापछि आएको बाढीका कारण सङ्कट उत्पन्न भएकाले आपतकाल घोषणा गरिएको हो ।
बैतडीको सिगासबाट हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेतको प्रादेशिक अस्पताल पु¥याएकी सुत्केरी महिलाको लामो व्यथाका कारण शिशुको मृत्यु भएको छ । डाक्टरले शिशुको गर्भमै मृत्यु भएको जानकारी दिएको सुत्केरी महिलाका श्रीमान दिपेन्द्र धामीले जानकारी दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण भएको पशुपति संग्रहालय तथा महास्नान भवनको उदघाटन गर्नुभएको छ ।
वर्षा नहुँदा रुपन्देहीका किसानले खेतमा लगाइएको धानबाली काटेर चौपायालाई खुवाउन थालेका छन् । खेतमै धानबाली सुक्न थालेपछि कम्तिमा चौपायालाई काम लाग्ने भन्दै किसानहरुले धानबाली काट्न थालेका हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरी सबै राजनीतिकर्मीका लागि सदैव प्रेरणापुञ्जका रूपमा रहने बताउनु भएको छ ।
काठमाडौं, भदौ ६ गते । फिल्म 'प्रेमगीत ३'को हिन्दी संस्करणका चार गीत रिलिज गरिएको छ । 'जी म्युजिक'ले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, पलक मुछल, राहत फतेह अली खान, अङ्कित तिवारी र देव नेगीले स्वर भर्नुभएको छ । ‘कोही ना कोही नाता हे मेरा तुजसे’मा जुबिनको स्वर र पवनदीप राजनले सङ्गीत दिनुभएको छ । ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ गीतमा राहत फतेह अली खानको स्वर छ । यस्तै, ‘तुम प्यार हो’ गीतमा पलक र अङ्कितको स्वर छ भने ‘मुझे में बस जाना’मा पलक मुछल र देव नेगीको स्वर छ ।सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्नुभएको यस फिल्म असोज ७ गते नेपाल र भारतसहितका देशमा रिलिज हुने भएको छ ।
फिलिपिन्समा कोरोनाको सङ्क्रमण बढेको बताइएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात् आइतबार मध्यरातिसम्म कम्तीमा पनि ४९ जनाको ज्यान गएको छ ।
सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले माटो जोगाउने अभियान देश र जनताको हितमा रहेको जनाउनुभएको छ । उहाँले माटोको विभिन्न मानवीय गल्तीका कारण माटोको उर्वराशक्ति घट्दै जानु भविष्यका लागि निकै चिन्ताको विषय भएको जनाउँदै माटोको संरक्षण र सम्वर्धन गर्न सबै नेपाली जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा सांसद प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा सांसद गिरीको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।
राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाका दिवंगत प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित भएको छ । सोमबार मध्याह्न १२ बजेर ५९ मिनेटमा बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको हाे ।
लागूूऔषध चरेशसहित कैलालीको धनगढीबाट एक युवक पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा किरना पसल सञ्चालन गरेका ३६ वर्षीय दिनेश सिंह एक किलो चरेशसहित पक्राउ परेका हुन् ।