• ४ पुस २०८१, बिहिबार

राष्ट्रियसभामा दिवंगत गिरीको शोक प्रस्ताव पारित

blog

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्बिर : फाइल

काठमाडौं, भदौ ६ गते । राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाका दिवंगत प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित भएको छ । सोमबार मध्याह्न १२ बजेर ५९ मिनेटमा बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको हाे ।

राष्ट्रियसभा बैठकमा अध्यक्ष तिमिल्सिनाले स्वर्गीय गिरीको शोक प्रस्ताव प्रस्तुत गर्दै भन्नुभयो, ''प्रतिनिधिसभाका सदस्य माननीय प्रदीप गिरीको निधन भएकोमा निम्न लिखित शोक प्रस्ताव प्रस्तुत गर्दछु । विक्रम संवत् २००४ सालमा सिराहा जिल्लाको बस्तीपुरमा जन्मनुभएका प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मिति २०७९ साल भदौ ४ गते शनिबारको दिन निधन भएकोमा राष्ट्रियसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ । स्वर्गीय गिरी नेपाली कांग्रेस पार्टीबाट २०५१ सालको प्रतिनिधिसभामा सिराहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित सदस्य, विक्रम संवत् २०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, विक्रम संवत् २०६४ र विक्रम संवत् २०७० सालमा संविधानसभा सदस्य र विक्रम संवत् २०७४ सालको प्रतिनिधिसभा सिराहा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य हुनुहुन्थ्यो । यो बैठक स्वर्गीय प्रदीप गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समदेवना प्रकट गर्दछ । माननीय सदस्यहरु उपरोक्त शोक प्रस्तावलाई पारित गरिदिन हुन अनुरोध गर्दछु । सो शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।''

उहाँले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित भएको छ ।

स्वर्गीय गिरी कांग्रेस पार्टीबाट २०५१ सालको प्रतिनिधिसभामा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित सदस्य, विक्रम संवत् २०६२÷६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विक्रम संवत् २०६४ र विक्रम संवत् २०७० सालमा संविधानसभा सदस्य र विक्रम संवत् २०७४ सालको प्रतिनिधिसभा सिराहा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य हुनुहुन्थ्यो ।

प्रतिनिधिसभाका सांसद गिरीको ७५ वर्षको उमेरमा भदौ ४ गते शनिबार राति ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ १२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।