नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति यहाँ एक श्रद्धान्जली कार्यक्रम गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
बालयौन दुराचार गरेको अभियोगमा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजु रहेका छन् ।
नीति अनुसन्धान प्रतिष्ठान, नेपालले भदौ १० देखि १२ सम्म नेपालको परराष्ट्र सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरेसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लिलेमाथि गोल वर्षा गरेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिलेलाई उसैको मैदानमा ७–१ गोलले हरायो ।
काठमाडौं, भदौ ६ गते । ‘आईईसी डिजाइनर रनवे ११’ फेसन शो काठमाडौंमा सम्पन्न भएको छ । आईईसी कलेजको आयोजनामा भएको कार्यक्रममा नेपाल र भारतका दर्जनौं मोडलको सहभागिता थियो । रनवेको शो-टपरस्का रुपमा नायिका आँचल शर्मा, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मी श्रेष्ठ र नायक आकाश श्रेष्ठ थिए । सहभागीहरूले आईईसी कलेजबाट दिक्षित विद्यार्थीहरुले डिजाइन गरेको ड्रेसमा सजिएर विभिन्न १२ वटा सिक्वेन्समा र्याम्पमा उत्रिएका थिए । दरबारमार्गस्थित होटल याक एण्ड एतिमा सम्पन्न उक्त फेसन शो नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गरेको हो।
संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले नेपाललाई रुस–युक्रेनको युद्धबाट बढ्दैगएको विश्वव्यापी संकटबाट जोखिममा परेका जनतालाई जोगाउन करिब दुई अर्ब रुपियाँ सहयोग उपलब्ध गराउने भएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै घोषणा गरेको दुई अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको एक हिस्सा स्वरुप नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको हो ।
महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीको पक्षमा पहल लिन सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो । सो नेपाली भूमि समावेश गरेर नेपालको चुच्चे नक्सा जारी गर्ने काम आफू नेतृत्वको सरकारले गरेकाले सरकारले सो भूमि फिर्ता गर्ने विषयमा ध्यान नदिएको उहाँको टिप्पणी छ ।
चन्द्रागिरी नगरपालिका–३ थानकोटबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहाको विष्णुपुर गाउँपालिका–५ घर भएका २२ वर्षीय सरोज पासवान, २५ वर्षीय हिराकुमार सदा र २२ वर्षीय लक्ष्मीकुमार सदा रहेका छन् ।
नेपाली फुटबलमा गहिरो पहिचान बनाएको काठमाडौं खेल मण्डल/न्युरोड टिम (एनआरटी) ले खुला टेबुल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उहाँले एकान्तवासमा बस्नु भएको छ भने त्यहीबाट गर्न मिल्ने काम पनि गर्नु भएको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । आज नेप्से परिसूचक ७.४१ अङ्क घटेर २०५३.१३ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४७ अङ्क, फ्लोट इण्डेक्स ०.५१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अङ्क घटेको छ ।
निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी व्यक्ति सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो प्रस्ताव अघि सारिएको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आयोगले प्रस्ताव गरेको आगामी निर्वाचनको आचारसंहिता संशोधन गर्न १३ बुँदे सुझाव प्रस्तुत गरेको छ । एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले सोमबार विज्ञप्ति जारी गरेर निर्वाचन आचारसंहितामा स्वच्छता, पारदर्शिता र तटस्थताको पक्षमा ध्यान दिनुपर्ने जनाएको हो ।