• ६ साउन २०८१, आइतबार

'फूलै फूल दिन्छौ कि' सार्वजनिक

blog

काठमाडौं, भदौ ५ गते । गायक शिव परियारको नयाँ म्युजिक भिडियो 'फूलै फूल दिन्छौ कि' सार्वजनिक गरिएको छ । गीतको भिडियो 'आशिष अविरल'को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलले सङ्गीत दिनुभएको छ । विवेक रसाइलीको निर्देशनमा बनेको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।  

भिडियोको छायाङ्कन सौरभ लामिछानेले गर्नुभएको हो भने भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको हो ।