• ६ साउन २०८१, आइतबार

कान्छीमायालाई ७२ वर्षमा नागरिकता

blog

७२ बर्षपछि नागरिकता प्राप्त गरेपछि खुशी मनाउदै कान्छीमाया तामाङ । तस्बिर : चित्र मिजार

चित्र मिजार

सिन्धुपाल्चोक, भदौ ५ गते । बलेफी गाउँपालिका –७ का कान्छीमाया तामाङलाई ७२ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त भएको छ । वडा अध्यक्ष गृबिन्द्र चौलागाइँले वडा मुचुल्का गरेर तामाङलाई नागरिकता दिलाउनु भएको हो । अविवाहित कान्छीमाया आफ्नो दिदीको छोरा रामबहादुर तामाङको आश्रयमा बस्दै आउनुभएको छ । बलेफी गापा –७ चिम्लिङबाट खाडीचौरस्थित वडा कार्यालय हुँदै सदरमुकाम चौतारा पु¥याई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाएको वडा अध्यक्ष चौलागाइँले जानकारी दिनुभयो । 

वडा अध्यक्षको ब्यक्तिगत खर्चमा तामाङलाई सदरमुकाम लगेर नागरिकता दिनेकाम भएको हो । कान्छीमायाले पहिलो पटक गाडी चढेको बताउनुभएको छ । नागरिकता प्राप्त भएपछि कान्छीमाया खुशी भएको रामबहादुरले बताउनुभयो । 

कान्छीमायालाई ७२ बर्षसम्म नागरिकता नपाउँदा नागरिक हुनुबाट बञ्चित हुनुपरेको, राज्यबाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनुपरेको थियो । कान्छीमाया बलेफी गापा–७ का धतुरे तामाङकी कान्छी छोरी हुनुहुन्छ ।