चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूसँग यस क्षेत्रको लामो अनुभव भएकोले सीमित समयमा नै उल्लेख्य काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। क्याराभान नेपाल प्रालिले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफूले काम गर्ने बताउनुभयो।
मिस्टर मोडल अफ द वल्र्ड नेपाल–२०२२ का लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त प्रतियोगिताका लागि पुरुष मोडलहरूलाई सहभागिताका लागि आह्वान गरेको हो।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७)देखि सञ्चालनमा आउने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो। विमानस्थल सञ्चालनका लागि मध्य असोजसम्म उक्त विमानस्थलमा परीक्षण उडान गर्ने प्राधिकरणको तयारी छ।
बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यसाथ रुकुमपश्चिमको मुसीकोट नगरपालिका–६ का बालबालिकालाई विद्यालयमै दूध खुवाउने व्यवस्था गरिएको छ। वडाले वाल शिक्षा र कक्षा १ का बालबालिकालाई विद्यालयमा दूध कार्यक्रम थालेको हो। चालू आर्थिक वर्षको बाल पोषण कार्यक्रमअन्तर्गत वडामा रहेका तीनवटा विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक वडाध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो।
कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा वर्षाका बेला पालमुनि बस्नुपर्ने बाध्यता छ । निरन्तरको साउने झरीमा त्रिपालमुनि ओत लाग्नुबाहेक कैदीबन्दीसँग अर्को विकल्प छैन । पाँच दशकअघि स्थापना भएको कारागारको भौतिक संरचनामा सुधार नहुँदा वर्षौंदेखि कैदीबन्दीले यो समस्या बेहोर्दै आएका छन् । ९५ जनाको क्षमता भएको कारागारमा अहिले एक नाबालकसहित ४४८ जना कैदीबन्दी रहेका छन् । सो कारागारमा २४ जना भारतीय नागरिक पनि छन् । ७५ जना पुरुष र २० जना महिला राख्न सकिने क्षमताको कारागारमा १९ जना महिला र ४२८ पुरुष जना पुरुष कैदीबन्दी रहेको कारागारका लेखापाल रमेश भट्टले जानकारी दिनुभयो ।
घोडाघोडी र आसपासका किसानलाई छाडा चौपायाबाट खेती जोगाउन निकै मुस्किल परेको छ । चार वर्षदेखि स्थानीय किसानले लगाएको खेती निर्धक्क भएर भिœयाउन पाएका छैनन् । घोडाघोडी नगरपालिका–१ का स्थानीय दीपक ढकालले चार कट्ठा जग्गामा घेराबेरा गरी लगाएको धानबाली छाडा गाईको बथानले सखाप पारेको बताउनुभयो । ३० हजार रुपियाँ खर्चेर लगाएको तारबार नै छिनालेर गाईले धानबाली खाइदिएको ढकालले बताउनुभयो । उहाँले स्थानीय तहले छाडा गाई व्यवस्थापनमा ध्यान नदिएको बताउनुभयो ।
जिल्लाका अधिकांश स्थानीय सरकार पाठ्यक्रम तयार पारेर कार्यान्वयनको तयारीमा जुटेका छन्। जिल्लाका दुई उपमहानगरसहित पाँचवटा पालिकाले पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याएका छन्। संविधानमै कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार पारेर अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ। घोराही उपमहानगरपालिकाले थारू भाषामा पाठ्यक्रम तयार पारेर कक्षा १ देखि ३ सम्म परीक्षण गरेको थियो। यद्यपि यो उपमहानगरपालिकाले अझै स्थानीय पाठ्यक्रम भने कार्यान्वयनमा ल्याएको छैन। दङ्गीशरण, बङ्गलाचुली, राप्ती र राजपुर गाउँपालिकाले पाठ्यक्रम तयार पारिसकेका छन् तर पाठ्यपुस्तक भने अझै पठाइएको छैन।
पर्वत सदरमुकाम कुस्मामा रहेको नारायण माध्यमिक विद्यालयले यस वर्षको एसईईमा धौलागिरिमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। सामुदायिक विद्यालयमा पढाइ हुँदैन भन्ने आम धारणालाई चुनौती दिँदै नारायाण माध्यमिक विद्यालयले गरेको प्रगति यस क्षेत्रकै उदाहरण बनेको छ।
लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुर चोकस्थित मौलिक पोखरीका नामले चिनिने पुरानो पोखरीको सौन्दर्यीकरणमा लभभग दुई करोड खर्च भएको छ तर यसबाट खासै उपलब्धि नभएको स्थानीयले गुनासो गरेका छन्। स्थानीय शम्भु यादवका अनुसार सिरहा–१ का सङ्घीय सांसद प्रदीप गिरीको निजी पोखरी सरकारी पोखरीमा परिणत भयो। लक्ष्मीपुर पतारी गाउँपालिकाको सबैभन्दा बढी माछा उत्पादन हुने यो पोखरी पाँच लाखसम्ममा ठेक्का लाग्दथ्यो। चोकको सबै पानी पोखरीमा जाँदा माछा फस्टाउँथ्यो। अहिले पोखरीको माटो निकालेर गहिराइ बढ्दा माछा उत्पादन घटेको छ।
कृषिका लागि वर्गीकृत जमिन लगातार तीन वर्ष जमिन बाँझै राख्नेलाई उत्पादन अनुमानका आधारमा एक लाख रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। भूउपयोग क्षेत्र वर्गीकरण परिवर्तन गरेको अवस्थामा त तीन लाख रुपियाँसम्म हुन्छ।
मधेश प्रदेशको एक मात्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र भित्र वर्षो देखि जग्गा मात्र ओगटेर उद्योग सञ्चालन नगर्ने उद्योगीहरुलाई कारवाही प्रक्रिया अघि बढाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा लिएर उद्योग सञ्चालन नगर्नेहरुलाई कारवाही गर्न केन्द्रीय कार्यालय वालाजुलाई पत्राचार गरेको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन आइतबार छवटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। निर्वाचन आयोगले आगामी आम चुनावमा सहभागी हुन राजनीतिक दल दर्ता गर्न साउन २२ गतेदेखि ३१ गतेसम्मको समयसीमा निर्धारण गरेपछि आइतबारबाट दल दर्ता प्रक्रिया सुरु भएको हो।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्रको सुन्दर उपहार निर्वाचन भएको बताउनुभएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको स्वागत गर्दै उहाँले निर्वाचनले राजनीतिक दललाई शक्ति प्रदर्शन गर्ने मौका प्रदान गर्ने बताउनुभयो।
पटक पटक देखिएको, भोगिएको अनि लेखिएको विषय हो – ‘काठमाडौँमा फोहोरको डुङ्गुर’ । अहिले फेरि मुलुकको सङ्घीय राजधानी काठमाडौँमा फोहोर थुप्रिन थालेको छ। काठमाडौँ महानगरपालिका फोहोर उठाउन असमर्थ भएको छ। यस पटक पनि उही पुरानो ‘फोहोर’ को नियति भनौँ वा कथा दोहरिन थालेको छ। काठमाडौंमा। हिजोको ऐतिहासिक कान्तिपुरी नगरी अहिले फोहोर थुपारी राख्ने नगरका रूपमा नयाँ परिचय बनाउँदै गएको आभास हुन थालेको छ। काठमाडौँ सफा बनाउने नारा दिएर वषौँदेखि धेरैले राजनीतिक सफल खुड्किला चढे पनि राजधानीको अवस्था भने झनझनै नाजुक बन्दैछ। घर करेसादेखि सडक र नदी किनारा फोहोरले भरिएपछि नागरिकलाई स्वच्छ श्वास लिन सकस भएको छ।
न्युरोडमा खुलेका सहकारीमध्ये हालसालै ३२ वटा भागे। सर्वसाधारणको सञ्चित अर्बांै रुपियाँ लिएर सञ्चालक अलपिए। कतिपय गिरफ्तार भए पनि कानुनी छिद्र खोजिँदै अदालत किन्ने प्रयत्न पूर्व सांसदले गरेको पनि छयाङ्ग देखियो। भ्रष्टहरू जोगिन नक्कली छोडपत्र, पराइको नाममा भ्रष्टाचारी सम्पत्ति सुरक्षित राखेको पनि देखिन थाले। ठगका लागि उम्दा ग्राहक भनेका लोभी हुने गर्छन्। सामाजिक हितका लागि कौडी ननिकाल्नेहरू पनि मिटर ब्याज वा धेरै ब्याजमा लगाउने र ठगिएपछि भने रुने चिच्याउने गर्छन्।