• ५ साउन २०८१, शनिबार

औद्याेगिक क्षेत्रमा जग्गा मात्र ओगट्नेलाई कारवाही

blog

सप्तरी, साउन २३ गते । मधेश प्रदेशको एक मात्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र भित्र वर्षो देखि जग्गा मात्र ओगटेर उद्योग सञ्चालन नगर्ने उद्योगीहरुलाई कारवाही प्रक्रिया अघि बढाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा लिएर उद्योग सञ्चालन नगर्नेहरुलाई कारवाही गर्न केन्द्रीय कार्यालय बालाजुलाई पत्राचार गरेको छ । 

औद्योगिक क्षेत्रभित्र लामो समयदेखि सेड कब्जा गरेर वसेका र कानुनले तोकिए भन्दा विपरित उद्योग सञ्चालन गर्दै आएको दुई उद्योगलाई कारवाही प्रक्रिया अघि बढाइएको कार्यालयका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो । पहिलो चरणमा उद्योग नगर्ने उषा जल उद्योग र अल नेपलिज टि एण्ड कफी उद्योगलाई पन्ध्र दिनभित्र यस कार्यालयसँगको सम्झौता रद्द तयारी थालेको पराजुलीले बताउनुभयो । 

कार्यालयले घरेलु लगायत नेपाल सरकारको सम्बन्धित कार्यालयहरुमा तिलाठी कोईलाडी गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहनुभएका सतिश कुमार सिंहको नाममा दर्ता रहेको उषा जल उधोगले क्षेत्रभित्र उदेश्य विपरित सेड तथा जग्गामा गोदाम गरेको कार्यलय प्रमुख पराजुलीले बताउनुभयो । विगत सात वर्ष लामो समयदेखि कब्जा गरेको सेडमा पुराना गाडी लगायत राखिएको विभिन्न प्रकारका गोदाम यथासिघ्र हटाउन, विद्युत मिटर जडान गर्न र सम्झौता अनुरूपको उद्योग सञ्चालन पटक पटक ताकेता गर्दा समेत वेवास्ता गरेपछि कारवाही प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । 

औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७१ को दफा ६ क बमोजिम कुनै पनि उधोगीले २ वर्षसम्म उद्योग सञ्चालन नगरे त्यसको कारण सहित १५ दिन भित्र म्याद थप गराउनु पर्ने प्रावधान रहेको छ । उषा जल उधोगले समयमा म्याद समेत थप नगराई अटेरी गरेकोले २०७७ कात्तिक २१ गते लिखित रुपमा सो बारे केन्द्रीय कार्यलय बालाजुलाई जानकारी गराईएको कार्यलयका ईन्जिनियर पुरुषोतम ठाकुरले बताउनुभयो । 

कार्यालयको अनुगमनबाट उषा जल उद्योगले विभिन्न कवाडको गोदाम गरेर सेड कब्जा गरेर बसेको र सन्तोष कुँवरको नाममा सम्झौता भएको अल नेपलिज टि एण्ड कफी दश वर्षसम्म उद्योग नगरी अहिले आएर सम्झौता विपरित सेडमा अन्सिजन सिलिन्डरको गोदाम बनाएको पाइएको छ । 


Author

ललिता साह