बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी एकीकृत कार्यविधि, २०७७ को दफा १२ मा अनुदान प्रवाह गर्दा दोहोरो अनुदान लिन नपाइने व्यवस्था छ तर गण्डकी प्रदेश सरकारले जारी गरेको कार्यविधिविपरीत एउटै कामका लागि एकभन्दा बढी कार्यालयबाट दोहोरो अनुदान लिइएको महालेखा परीक्षकले देखाएको छ।
नवलपुरमा १० वर्ष पुराना एम्बुलेन्स सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ। जिल्ला एम्बुलेन्स सञ्चालन समितिको बैठकले १० वर्ष पुराना एम्बुलेन्स सञ्चालनमा रोक लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो। राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ अनुसार एम्बुलेन्स सञ्चालन, व्यवस्थापन र नियमन गर्न लागिएको स्वास्थ्य कार्यालयका प्रमुख चापागाईंले बताउनुभयो। निर्देशिकाअनुसार प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी निर्माण भएको समितिले पुराना
काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा विभिन्न सात सर्त अनिवार्य पालना गर्नुपर्ने भएको छ । उक्त काम गर्दा नागरिकलाई समस्या पर्ने भएकाले अनिवार्यरूपमा सर्त लागू गरिएको कामपाले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विद्युत्को आन्तरिक खपत विस्तार गर्ने विशेष कार्ययोजना आवश्यक रहेको औँल्याउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले आयोजना गरेको ऊर्जा सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय समृद्धिका लागि विद्युत् निर्यातभन्दा खपत विस्तारमा बहुआयामिक लाभ रहेकाले सरकार र निजी क्षेत्र दुवै मिलेर कार्ययोजना बनाउन आवश्यक रहेको बताउनुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले विद्युत् खपत बढाउन सबैभन्दा उत्तम कृषि क्षेत्र रहेको बताउनुभयो ।
कर्णाली प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ । मङ्गलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी कृष्णकुमार बिसी, खड्गबहादुर पोखरेल र बेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।
मधेश प्रदेशको बारा जिल्ला क्षेत्र नं. २ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा तीनवटा पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यही वैशाख १० गते हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा), नेकपा (एमाले) र जनमत पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको हो।
नयाँ सरकार गठन भएको सय दिनमा प्रदेश सरकारले नाम र खर्च कटौतीका लागि मन्त्रालयको सङ्ख्या घटाएर सकारात्मक सन्देश दिएको छ। कोशी प्रदेश सरकार गठन भएको सय दिनको अवधिमा प्रदेश सांसदबाट नामकरण टुङ्ग्याउने र मन्त्रालय फुटाएर १३ सङ्ख्या पु¥याइएकोमा पुनः घटाएर नौमा झारिएको हो।
ओखलढुङ्गाको पोकली झरनाको संरक्षण र विकासमा सरकाले ध्यान दिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताउनुभएको छ ।
सदरमुकाम नजिकै भएर पनि खोलाको धमिलो पानी खाएर जीवन गुजारा गर्दै आएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ८ र १६ का उपभोक्ताले अब भने त्यसबाट छुटकारा पाएका छन्। कोशी प्रदेश सरकारको सहयोगमा निर्माणाधीन शाहीखोला खानेपानी योजना शनिबारदेखि सञ्चालन भएसँगै स्थानीय बासिन्दाले शुद्ध, स्वच्छ र सफा खानेपानी पाएका हुन्।
बागमती प्रदेश सरकार गठन भएको मङ्गलबार सय दिन पुग्दा पनि सरकार बजेट खर्च र कानुन निर्माण दुवैमा चुकेको छ। सरकारको सय दिनको अवधिमा न बजेट खर्च भएको छ न त ऐन निर्माणलाई नै प्राथमिकता दिइएको छ। सरकारको नेतृत्व गर्नुभएका नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलको सय दिनको अधिकांश समय नागरिकसँग जोडिएका काममा भन्दा सत्ता जोडघटाउमा बितेको छ। गत पुस २५ गते प्रदेश सभाका बहुमत दल र प्रदेश सभा सदस्यको समर्थनमा प्रदेश प्रमुखबाट नियुक्त भई पुस २६ गते शपथ लिएको जम्कट्टेल नेतृत्वको सरकारले मन्त्रालय सङ्ख्या घटाउनेबाहेक प्रदेशको पूर्वाधार र नीतिगत ठोस काम गरेको देखिँदैन।
पाँच दलीय गठबन्धनका शीर्ष नेता आज (बुधबार) तनहुँ आउनु हुने भएको छ । प्रधानमन्त्रीसहित शीर्ष नेता तनहुँ– १ को उपनिर्वाचनका लागि बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा चुनावी सभालाई सम्बोधन गर्न आउनु हुने भएको हो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषियोग्य बाँझो जमिनबारे अध्ययन गर्न एक कार्यदल गठन गर्नुभएको छ । कृषियोग्य जमिन बाँझो रहेका कारण कृषि उत्पादनमा कमी आएको भन्दै ती जमिनलाई कृषिका लागि कसरी उपयोग गर्ने ? त्यस विषयमा अध्ययन अनुसन्धान गरी प्रतिवेदन तयार गर्न उहाँले कृषि मन्त्रालयका सहसचिव डा. राजेन्द्र मिश्रको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको हो ।
खोलामा नुहाउने क्रममा डुबेर एक पुरुषको ज्यान गएको छ । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर–६ पुर्कोटदहका ३७ वर्षीय भिमबहादुर कुँवरको खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाश सपुतको शब्द, सङ्गीत तथा स्वर रहेको गीत ‘सकम्बरी’ अहिले दर्शकमाझ चर्चाको घेरामा छ । गीतलाई कतिले नारी अस्मितासँग जोडेर विरोध गरिरहेका छन् भने कतिले सपुतको समर्थन गरिरहेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले ‘हातहातमा पुस्तक’ पुर्याउने उद्देश्यसहित ४० प्रतिशत छुटमा पुस्तक प्रदर्शनी सुरु गरेको छ ।