अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको मध्यपहाडी सडकमा सोमबारराती पहिरो जाँदा सडक अवरुद्ध भएको छ । नगरपालिकाको वडा नम्बर ३ र ४ को दरेपाटा भन्ने स्थानमा सडक भन्दा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
अहिले धान रोप्ने समय हो । किसान धान रोप्नमा व्यस्त छन् । सरकारी तथ्याङ्कमा अहिले सम्ममा ५४ प्रतिशत रोपाइँ भइसकेको छ र साउनको तेस्रो हप्तासम्ममा लगभग रोपाइँ सकिन्छ ।यस वर्ष १३ लाख ५० हजारदेखि १३ लाख ६० हजार हेक्टरमा धान रोपिने सरकारी निकायको अनुमान छ । गत वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । अघिल्ला वर्षहरूमा धान खेती हुने क्षेत्रफल बर्सेनि घटिरहेको छ ।
सुस्तमनस्थिति भएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५६ बर्षीय पुरुष पक्राउ परेका छन् ।
जिल्लाको धवलागिरि गाउँपालिकाको १ नम्बर वडा गुर्जा मात्र हो, जहाँ अझै सडक पुगेको छैन । जिल्लाका ४५ वडा मध्य ४४ वडामा सडकको पहुँच विस्तार भएको छ । जिल्लाकै विकट र दुर्गम वडा गुर्जामा सडक विस्तार नहुँदा गुर्जावासीको दैनिकी कष्टकर छ ।
त्यो, त्यही दिन हो छोरू ! जुन दिन– हाम्रो जिन्दगीको नग्न तस्बिर भाइरल बनाएर फरार भयो रङ्गीन सपना !
नापी कार्यालय उदयपुरले स्थानीयले भोगचलन गर्दै आएको तर गाउँ ब्लकमा रहेका जग्गा व्यवस्थित गर्ने भन्दै सम्बन्धित जग्गाधनीलाई सोमबारदेखि लालपुर्जा वितरण गर्न सुरु गरेको छ । झन्डै छ वर्ष पहिले नै नाप जाँच गरी तयार पारिएको भए पनि सम्बन्धित जग्गाधनीले जग्गाको स्वामित्व नपाएको अवस्थामा सोमबार आयोजित एक कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले वडा नम्बर १२ का दुई जना जग्गाधनीलाई संयुक्त रूपमा लालपुर्जा वितरण गरेर सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
यो रङ्गमय संसारमा, आकाङ्क्षाका अनेकन रङ्गहरूको भीडमा म किन रङ्गीन हुन सक्तिनँ ! ‘मेरो रङ्ग मात्र कालो किन !’ भन्दै मेरो छायाँ मसँग विद्रोह गरिरहेछ । ऊ भन्दै छ– तिम्रो उचाइसँग मेरो कुनै सरोकार छैन ! म तिम्रो उचाइको सापेक्षमा बाँधिन चाहन्नँ ! तिमी एकै स्थानमा स्थिर उभिरहू; म भने आफ्नो आकार बदलिरहन्छु, बाटो बदलिरहन्छु । उज्यालो मेरो आत्मा हो यसैले उज्यालो रहुन्जेल, जीवन रहुन्जेल जरुर तिमीभन्दा म अधिक जीवन्त छु ।
यो रङ्गमय संसारमा, आकाङ्क्षाका अनेकन रङ्गहरूको भीडमा म किन रङ्गीन हुन सक्तिनँ ! ‘मेरो रङ्ग मात्र कालो किन !’ भन्दै मेरो छायाँ मसँग विद्रोह गरिरहेछ । ऊ भन्दै छ– तिम्रो उचाइसँग मेरो कुनै सरोकार छैन ! म तिम्रो उचाइको सापेक्षमा बाँधिन चाहन्नँ ! तिमी एकै स्थानमा स्थिर उभिरहू; म भने आफ्नो आकार बदलिरहन्छु, बाटो बदलिरहन्छु । उज्यालो मेरो आत्मा हो यसैले उज्यालो रहुन्जेल, जीवन रहुन्जेल जरुर तिमीभन्दा म अधिक जीवन्त छु ।
नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) अमेरिका र भारतको चलचित्र महोत्सवमा छनोट भएको छ । अमेरिकाको एटलान्टमा अगस्ट ४ देखि ७ सम्म आयोजना हुने आठौँ कब इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘को–हजबेन्ड’ छानिएको निर्देशक गणेश पाण्डेले जानकारी दिनुभयो ।
जीवनराम श्रेष्ठ गत असार २० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त हुनुभएपछि दलबलसहित पशुपति क्षेत्र जानुभयो । पशुपतिनाथको मूल प्रवेशद्वार अगाडि उहाँले खिचाएको तस्बिरको सामाजिक सञ्जालमा निकै आलोचना भयो । कारण थियो– अन्य भक्तजनले जुत्ता–चप्पल लगाएर जान नपाइने ठाउँमा उहाँहरूले जुत्ता लगाएर खिचिएको तस्बिर ।
वालिङ नगरपालिकाले स्थानीय कृषक तथा उद्यमीलाई कृषि सामग्री तथा बीउबिजन वितरण गरेको छ । नगरपालिका र यूएनडीपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा ‘हरित पुनः उत्थान तथा कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत कृषि औजार र बीउबिजन वितरण गरिएको हो ।
२०२४ साउन २६ गते आमा सनकादेवी र बुवा सिद्धिप्रसाद जोशीको कान्छो सन्तानको रूपमा धनकुटामा जन्मिएकी मोमिला समकालीन नेपाली कविता र निबन्धको क्षेत्रमा आफैँ एउटा प्रतिमान बनेकी स्रष्टा हुन् । मौलिक सिर्जनाका रूपमा उनका चारवटा कविता सङ्ग्रह– पैँयुँ फुल्न थालेपछि (२०५३), जूनकीरीहरू ओर्लिरहेछन् (२०५५), दुर्गम उचाइमा फूलको आँधी (२०६०), भीमसेन थापाको सुसाइड नोट (२०७०) र एउटा निबन्ध सङ्ग्रह ईश्वरको अदालतमा आउटसाइडरको बयान (२०६३) प्रकाशित छन् ।
तानसेन लिफ्टिङ खानेपानी आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको छ । पहिलो चरणमा निर्माण गरिएको इनारबाट पानी पम्पिङ हुन नसकेपछि दोस्रो चरणको कामले गति लिन नसकेको हो । पहिलो चरणअन्तर्गतको तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट लिफ्टिङ गरेर प्रतिसेकेन्ड ३६ लिटर पानी झार्ने योजना थियो तर पहिलो चरणमा निर्माण गरेको इनारबाट ‘स्टिमेट’ गरेअनुसारको पानी पम्प हुन नसकेपछि दोस्रो आयोजना अगाडि बढ्न सकेको छैन । तानसेनवासीको कालीगण्डकीको पानी पिउने सपना तत्का
पाँच महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको जिल्ला कारागार कार्यालय काभ्रेको प्रशासनिक भवन १७ महिनापछि निर्माण सम्पन्न भएको छ । दुईतले प्रशासनिक भवनको सोमबार काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उद्घाटन गर्नुभएको हो ।
केही दिन देखि कम्जोर बनेको मनुसुनी प्रणाली मंगलबारदेखि पुनः सक्रिय हुने भएको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।