पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजार १९औँ कारोबार दिनमा सुधारिएको छ । लगातार १८ कारोबार दिनसम्म ओरालो लागिरहेको बजार साताको तेस्रो दिन ४० अङ्कले सुधारिएको हो । नेप्से सुधारिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा खस्किएको छ ।
भूकम्प गएको आठ वर्ष पूरा हुँदासम्म काभ्रेमा रहेका करिब एक हजार तीन सय भूकम्पपीडितले निजी आवास निर्माणका लागि सरकारबाट पाउनुपर्ने तेस्रो किस्ताबापतको अनुदानको रकम पाउनबाट वञ्चित भएका छन् । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विघटन, निजी आवास पुनर्निर्माणका लागि स्थापना गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइमा कर्मचारी व्यवस्थापन तथा बजेट अभावका कारण घर निर्माण गरिसकेका भूकम्पपीडितले तेस्रो किस्ताबापतको अनुदान रकम नपाएका हुन् ।
असंलग्न परराष्ट्र नीति नेपालको मूल विशेषताका रहँदै आएको छ । सामरिक र सैनिक होडबाजीतिर नलागी सार्वभौम नेपालको छवि विश्वभर उँचो बनाउनु यो नीतिको मुख्य ध्येय हो । नेपालको भूराजनीतिक अवस्थाले समेत यही मार्गलाई सम्बोधन गर्नुपर्ने
नेपाल ओलम्पियन संघले नेपालबाट विगतदेखि अहिलेसम्म ओलम्पिक गेम्समा सहभागि खेलाडीलाई पूर्नमिलन गराएको छ । ओलम्पिक दिवसको अवसरमा संघले मंगलबार राति ओलम्पियनहरुबीच एकआपसमा पूर्नमिलन गराएको हो ।
यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीले १४ महिनामा ५३३ वटा सवारीचालक अनुमतिपत्र गैरकानुनी रूपमा जारी गरेको पाइएको छ । यस कार्यमा कार्यालयका तत्कालीन दुई जना प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाइ कुस्मासहित १२ जना कर्मचारी र पाँच जना बिचौलियाको सहयोग रहेको अख्तियारले गरेको अध्ययनबाट पुष्टि भएको छ ।
नेपालमा कुल दूध उत्पादनमा ६० प्रतिशत योगदान भैँसीको छ तर त्यसमा सरकारको खासै लगानी र मिहिनेत देखिएको छैन । सरकारले गाईमा जति लगानी गरेको छ, त्यति लगानी भैँसीमा नगरेको विभिन्न अध्ययनले देखाएका छन् । त्यति मात्र होइन, कुल गार्हस्थ्य उत्पादनमा धानको पहिलो स्थान रहेको छ भने दोस्रो स्थान गाईको रहेको छ तैपनि सरकारको ध्यान त्यतातिर गएको छैन ।
अनुगमन कमजोर हुनुका कारण १. आयोजनाहरूमा अनुगमनको आवश्यकताबारे प्रकाश पार्दै नेपालमा अनुगमन प्रणाली कमजोर हुनुका कारण उल्लेख गर्नुहोस् । आयोजनामा धेरै साधनस्रोतको परिचालन हुन्छ, लक्ष्य प्राप्तिका लागि क्रियाकलाप गर्नुपर्दछ । यसका लागि ठूलो आर्थिक लगानी हुन्छ । लगानीअनुरूपको प्रतिफलको अपेक्षा हुन्छ । यस्ता पक्षको कार्यान्वयनमा कुनै समस्या छ-छैन, लक्ष्य प्राप्तितर्फ लगानी भएको छ-छैन, साधन
१. सबैभन्दा बढी पटक सगरमाथाको शिखरमा पुग्ने आरोही को हुन् ? कामिरिता शेर्पा (२६औँ पटक, २०७९ वैशाख) – उहाँले यसअघिको आफ्नै रेकर्ड तोड्नुभएको ।
वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ । प्रधानमन्त्री कार्यालय, गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको पहलमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो । यद्यपि बुद्ध र यती एयरलाइन्सले भने सबै उडान नियमित हुने जनाएका छन् ।
मानववादी जयपृथ्वीबहादुर सिंहलाई नेपाल सरकार यही असार ६ गते राष्ट्रिय विभूति घोषणा गरेको छ । सरकारको उक्त निर्णय ऐतिहासिक छ । सरकारको उक्त निर्णयले नेपाल आमाका सच्चा सपूतमाथि न्याय मिलेको छ । आजभन्दा १४४ वर्षअघि बझाङको चैनपुरमा सिंहले नेपालको शिक्षा, न्यायप्रशासन, पत्रकारिता र नेपाली भाषाको उत्थानमा पु-याएको योगदान अतुलनीय छ ।
स्थानीय सरकार जनताको पहिलो र नजिकको सेवा प्रदायक हो । मुलुकमा सङ्घीय शासन पद्धति कार्यान्वयनमा आएपछि केन्द्र सरकारमा भएको असीमित अधिकार र स्रोत स्थानीय सरकारलाई उपलब्ध भएको छ । स्थानीय सरकारसंँग जनताको आकाङ्क्षा र भरोसा धेरै छ । स्थानीय सरकारप्रतिको जनताका आकाङ्क्षा एवं भरोसा र स्थानीय सरकारबाट उपलब्ध भएको सेवाको स्वच्छता एवं गुणस्तरकाबीच ठूलो अन्तर रहेको छ । जनताले स्थानीय तहमा प्राप्त गर्ने सेवासुविधा छिटो छरितो, सहज हुन सकेको छैन ।
सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ।
जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि दुईजना शिक्षकलाई कारागार चलान गरेको छ ।
काठमाडौं, असार ७ गते। जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि दुई जनालाई जेल चलान गरेको छ। बाल यौन दुरुपयोग कसुरमा दुई जनालाई पुर्पक्षका लागि मंगलबार कारागार चलान गरिएको हो। कारागार चलान हुनेमा काभ्रेपलाञ्चोकको साविक सापिङ गाउँपालिका–४ घर भइ काठमाडौंको कागेश्वरी मनोहरा–८ बस्ने ४७ वर्षीय जनार्दन अधिकारी र काठमाडौंकै कागेश्वरी मनोहरा–७ का ५१ वर्षीय राजनकुमार पौडेल रहेका छन्।चाबहिलस्थित एउटा कलेजको कोर्ष को–अर्डिनेटर र शिक्षकले नाबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग छ। तीन जना नाबालिकाको तर्फबाट अभिभावकले प्रहरी वृत्त गौशालामा उजुरी दिएका थिए।उजुरीपछि प्रहरीले पीडितहरुको प्रसूति गृह अस्पताल थापाथलीमा स्वास्थ्य परीक्षण गराएको थियो। उक्त घटनालाई प्रहरीले गम्भीरताका साथ लिएर सूक्ष्म तवरले अनुसन्धान सुरु गरेको थियो।महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार सो कार्यमा संलग्न फरार रहेकाले प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।पक्राउ परेका दुवैमाथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २२५ को बाल यौन दुरुपयोग गर्न नहुनेसम्बन्धी कसूरमा मुद्दा चलेको र अनुसन्धान सकिएपछि आज जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउन आदेश दिएको हो।
अमरराज नहर्की तनहुँ, असार ७ गते । झट्ट सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ बेहुलाले साइकलमा सवारी मात्रै नभई बेहुलीलाई समेत साईकलमै राखेर घर भित्राउनु भएको छ भन्दा । सामाजिक सन्देश प्रवाह गर्नका लागि मङ्गलबार तनहुँमा सवारीको लागि साइकलको प्रयोग गरी विवाह गरिएको छ । व्यास नगरपालिका–१० का २६ वर्षिय विनोद सापकोटाले साइकलमा चढेर गएर साइकलमा नै राखेर बेहुलीलाई घरमा भित्राउनु भएको छ । मितव्ययी तरिकाले विवाह गर्नुपर्छ भन्ने सन्देस प्रवाह गर्न र प्रेट्रोलियम प्रदार्थको खपत घटाउन सन्देश दिने मुख्य उद्देश्यले साइकलको सवारी प्रयोग गरेको बेहुला सापकोटाले बताउनुभयो । ‘भड्किलो तरिकाले विवाह गर्ने प्रचलनको अन्त्यको लागि पहल गर्नुपर्छ भनेर साईकल प्रयोग गरेको हुँ, बेहुला सापकोटाले भन्नुभयो । बेहुला सापकोटा बेहुली सङ्गीता भुजेल लिन साइकलमा ४ किलो मिटर दुरी पार गरी सदरमुकाम दमौलीमा पुग्नु भएको थियो । साइकलमा बेहुलीलाई अगाडि राखेर चलाउँदा देख्नेहरु दङ्ग परेका थिए । बेहुलासँगै जन्ती पनि साइकलमै गएका थिए । सिङगार पटार गरेका बेहुलो र बेहुलीलाई साइकलमा सवार गरेको देखेर देखेपछि रोक्दै टिकटक बनाउने, सेल्फी खिच्ने भेटिए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले दाईजोको पनि माग नभएको र खर्च धेरै नर्गन बेहुलाको पक्षले अनुरोध गरेको जानकारी दिनुभयो । ‘यस्तो विवाहले विवाहको लागि ऋण खोज्नु पर्दैन भन्ने सन्देश दिएको छ’ भुजेलले भन्नुभयो । बेहुला सापकोटा साईकलका खेलाडी हुनुहुन्छ । उहाँले ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गर्नु भएको थियो । यस्तो विवाहले सन्देश प्रवाह गरेकाले खुसी लागेको पराशर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा बेहुलाका भिनाजु रामदत्त पौडेलले बताउनुभयो । ‘इन्धन बचाउने मात्रै नभई मानिसलाई निरोगी पनि बनाउने भएकोले प्रयोग बढाउनु पर्ने यसरी गरिएको विवाहले साइकलको महत्व बढ्ने भएकोले खुसी लागेको छ’ प्रधानाध्यापक पौडेलले भन्नुभयो । सापकोटा दिदी मनु सापकोटा समाजलाई सन्देश प्रवाह गर्ने भएकालेले साईकलमा सवारी गर्न भाइको आग्रहलाई परिवार तथा आफन्त सबैले मानेको बताउनुभयो । ‘भाइले विवाह भड्किलो बनाउन हुँदैन साईकलको सवारी प्रयोग गर्छुले भने हामीले पनि सहमती जनायौं’ मनुले भन्नुभयो ।