• १६ चैत २०८०, शुक्रबार

सबै ओलम्पियन एक ठाउँमा

blog

सम्मान कार्यक्रममा सिनियर ओलम्पियन र अतिथिहरु । तस्बिर सौजन्य : राजेन्द्र चित्रकार

काठमाडौं, असार ८ गते । नेपाल ओलम्पियन संघले नेपालबाट विगतदेखि अहिलेसम्म ओलम्पिक गेम्समा सहभागि खेलाडीलाई पूर्नमिलन गराएको छ । ओलम्पिक दिवसको अवसरमा संघले मंगलबार राति ओलम्पियनहरुबीच एकआपसमा पूर्नमिलन गराएको हो ।

पूर्नमिलन कार्यक्रममा नेपालले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएको सन् १९६४ को टोकियो ओलम्पिक देखि सन् २०२० को टोकियो ओलम्पिकसम्म प्रतिस्पर्धा गरेका नेपाली ओलम्पियन खेलाडीको सहभागिता रहेको थियो । नेपालमा अहिलेसम्म समर ओलम्पिकमा ८४ र युथ ओलम्पिकमा चार गरी ८८ जना ओलम्पियन खेलाडी छन् । ती मध्ये नौ जनाको मृत्यु भईसकेको छ । 

संघका अध्यक्ष एवं ओलम्पियन दीपक विष्टको सभापत्विमा भएको कार्यक्रममा संघले सिनियर ओलम्पियन १२ जनालाई सम्मानपत्र सहित सम्मान पनि गरेको थियो । सम्मानित हुनेमा बक्सिङका नामसिंह थापा, रामप्रसाद गुरुङ, उमेश मास्के, रविराज थापा, नरेन्द्र पोमा, एथलेटिक्सका वैकुन्ठ मानन्धर, जितबहादुर केसी, भक्तबहादुर सापकोटा, लक्ष्मण बस्नेत, रघुराज वन्त, मुकुन्दहरि श्रेष्ठ र भारोत्तोलनका राजेन्द्र प्रधान रहनुभएको छ । 

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महानायक राजेश हमाल, चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।