काठमाडौं, असार २५ गते। स्थानीय पहिचानका आधारमा प्रदेश नम्बर १ को नामाकारण गर्नुपर्नेमा सरोकार भएका सङ्घसंस्थाले आग्रह गरेका छन्। प्रदेश नम्बर १ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी गरेको सन्दर्भमा सरोकारवालाले त्यस्तो आग्रह गरेका हुन्।नाकारणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलले पहिचानका विषयमा कुनै चासो नराखेको र सुन्नै नचाहेको उनीहरूको भनाइ छ। विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले) कोशी, सगरमाथालगायत नामाकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र लिम्बूवान पक्षधर पार्टीहरू भने पहिचानकै आधारमा हुनुपर्ने तर्क गरिरहेका छन्।लिम्बूवान किराँत संयुक्त सङ्घर्ष समितिका तर्फबाट आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरोकारवाला सबै पक्षले पहिचानलाई ख्याल गरेर प्रदेशको नामाकारण गर्नुपर्नेमा जोड दिएका हुन्। एमालेसम्बद्ध लोकतान्त्रिक लिम्बू सङ्घका अध्यक्ष त्रिवेणी चोङवाङले प्रदेश नम्बर १ को नाम पहिचानमा आधारित हुनुपर्ने बताउनुभयो।नेपाली कांग्रेसका नेता उत्तमसिंह थाङदेनले पनि सो कुराको समर्थन गर्नुभयो। उहाँले पहिचानको पक्षमा स्पष्ट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसमा अहसमति राख्नुपर्ने कुनै कारण नभएको बताउनुभयो।लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेशको नामाकरण गणितीय हिसाबले राख्न नहुने बताउनुभयो। नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङबोले प्रदेश नं १ को नामाकरण निकै जटिल रहेको बताउनुभयो। प्रदेससभाको गणितले सहजै नामाकरण गर्न सकिने भए पनि समग्र लिम्बूवान किराँतवासीको भावनालाई कुल्चेर अगाडि बढ्न सहज नभएको उहाँको भनाइ छ।किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले प्रदेश नम्बर १ को नाम लिम्बूवान किराँत नै हुनुपर्ने मत राख्नुभयो। नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने धारणा राख्नुभयो।
सत्तारुढ दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट परिमार्जन हुनुपर्ने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले यथास्थितिमा बजेट पास हुन नसक्ने भन्दै परिमार्जन गर्नुपर्ने निर्णय गरेको हो ।
बाजुराको बुढीगंगा नगरपालिकाको जारी मत गणनामा नेकपा (एमाले) ले शुरुदेखिकै अग्रता कायम राखेको छ । शनिबार साँझ ६ : ३० बजे प्राप्त विवरणअनुसार पाँच हजार ४२९ मतको गणनामा एमालेबाट नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनियाले नेपाली कांग्रेसका रंगबहादुर खातीभन्दा एक हजार ५६२ मतले अगाडि हुनुभएको छ हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गर्नुभएको छ।
नेपाल पौडी संघको बार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगिता आइतबार हुने भएको छ । प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरी २२१ खेलाडीको सहभागिता रहने संघले जनाएको छ ।
आईसीसी टी–२० विश्वकप ट्रफीको नेपाल भ्रणम पक्का भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्व कप क्रिकेटको ट्रफी सगरमाथाको देश नेपाल भ्रणम गराउने निर्णय गरेको हो ।
नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले गृह जिल्ला चितवनमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । युनियनको साउन ६ र ७ गते हेटौंडामा हुने नवौं महाधिवेशनमा केन्द्रीय अध्यक्ष लड्ने आज उम्मेदवारी घोषणा गर्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताउनुभएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बर्तमान सरकारले दीर्घकालिन विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ । “अब सबै राजनीतिक दलले विकासको एजेण्डा लिएर जनतामाझ जानुपर्छ”, नेपालगञ्ज उपमहानगरपालिका २० ले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री राईले भन्नुभयो, “विकासबाहेक अन्य एजेण्डाको नाममा मत माग्न आउनेलाई आम जनताले पनि साथ दिन हुँदैन” ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका –१ मा फेला परेको शवको पहिचान खुलेको छ । शनिबार विहान लिपेखोला दोभानमा फेला परेको शव मोलुङ गाउँपालिका –४ का ४० वर्षीय प्रेमबहादुर भुजेलको रहेको प्रहरी निरीक्षक केशब अधिकारीले बताउनुभयो ।
कपिलवस्तु बाणगंगा नगरपालिकाको मोर्मीस्थित कोइली खोलामा आवतजावत गर्न स्थानीयहरु काठे पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । पञ्चायत कालदेखि पक्की पुलको माग गरेपनि सुनुवाई नहुँदा स्थानीयलाई सास्ती भएको थियो । लुम्बिनी प्रदेश सरकारले सो खोलामा मोटरेवल पुल निर्माण गरेपछि स्थानीय लाभान्वित भएका छन् ।
डिभिजन वन कार्यालय सिरहाले प्राविधिक समस्या देखाई समयमै उपभोक्ता समिति गठन गर्न नसक्दा पर्यापर्यटन अन्तर्गत मधेश प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये झण्डै पाँच करोड रुपियाँ फिर्ता हुने भएको छ ।
काठमाडौं, असार २५ गते । पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ७२ र एन्टीजेन परीक्षण गर्दा ३० गरेर कुल १०२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १५ सय ३९ जनाको पीसीआर र एक हजार ७६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । अहिले देशभर ६०५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको छ । मृत्युदर भने शून्य रहेको छ ।
गुल्मी जिल्लाको मालिका गाउँपालिका-७ घर भएर बुटलमा बस्दै आउनुभएका १८ वर्षीय जुम्ल्याहा दाजुभाइ लव–कुस पन्थीले नयाँ–नयाँ प्राविधिक मेसिन बनाउनु भएको छ। विगतमा उहाँहरु रोबोट बनाएर चर्चामा आउनुभएको थियो। उहाँहरुले नेपालकै पहिलो नेपाली भाषा बोल्ने रोबोट बनाउनुभएको थियो।
श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।