• १२ साउन २०८१, शनिबार

नेप्लिज प्रोफेसनल्स युके अध्यक्षमा कटुवाल

blog

करुण अर्याल

लण्डन, जेठ ७ गते । संयुक्त अधिराज्य (बेलायत) मा कार्यरत प्राज्ञिक तथा पेसाकर्मीको संस्था सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेको अध्यक्षतामा गजेन कटुवाल निर्वाचित हुनु भएको छ ।

इङ्ल्याण्डको प्लमस्टीडमा आइतबार सम्पन्न निर्वाचनमा डा. रामजी पौडेल उपाध्यक्ष, डा. विदुर घिमिरे महासचिव, शम्भुनाथ अधिकारी सचिव, रञ्जन विष्ट कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । 

यसैगरी जमुना न्यौपाने कोइराला, लीला रेग्मी, पूर्ण रोक्का, राजु न्यौपाने, रामहरि हमाल र शिक्षा बराल पनि सदस्यमा निर्विरोध निर्वाचित हुनुभयो । निर्वाचन समितिका संयोजक श्याम थापाले अध्यक्ष पदमा मात्र निर्वाचन भएको जानकारी दिनुभयो । अध्यक्षका अर्का प्रत्याशी तथा निवर्तमान महासचिव डा. ओमप्रसाद गौतम र कटवालबिच प्रतिस्पर्धा भएको थियो ।  

त्यसअघि सोसाइटीका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको नवौँ वार्षिक साधारण सभामा सङ्घका महासचिव डा. ओमप्रसाद गौतमले सङ्घले गरेका गतिविधिबारे जानकारी गराउनु भएको थियो । कोषाध्यक्ष शम्भुनाथ अधिकारीले समाजको आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।  

नवनिर्वाचित अध्यक्ष कटुवालले सोसाइटीअन्तर्गत गठित नेप्लिज यूथ नेटवर्कलाई आफ्नो सम्पूर्ण सहयोग रहने बताउँदै नयाँ कार्यसमितिलाई सहयोग गर्न अनुरोध गर्नुभयो । सन् २००८ मा सोसाइटीको स्थापना भएको थियो ।