• १३ साउन २०८१, आइतबार

'श्रीलंकाको बाटोमा गयो भन्ने कुरामा सत्यता छैन'

दूरदृष्टि राखेर अगाडि बढे अर्थतन्त्र सबल हुन्छ : सञ्चारमन्त्री कार्की

blog

फाइल तस्बिर

सुनसरी, असार २५ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताउनुभएको छ। नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोशिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन सबैलाई आग्रह गर्नुभएकाे हाे ।

शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पटकपटक दोहोर्‍याउनुभयो। 

मन्त्री कार्कीले सबैले एकतावद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दाबीसमेत गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘नेपाल अर्थतन्त्र श्रीलंकाको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको छ। त्यो हल्लामा कुनै सत्यता छैन। त्यसैले हामीले श्रीलंकाको उदाहरणबाट सचेत हुनुपर्छ। तर, मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ जाँदैछ भन्ने कुराको भ्रममा नपर्न म सबैलाई आग्रह गर्दछु।’’ 

दूरदृष्टि राखेर अगाडि बढे अर्थतन्त्र सबल हुने उहाँको भनाइ छ। ‘‘मुलुकको अर्थतन्त्रमा चुनौती छन्। ती चुनौतीलाई हामीले सामना गर्नुपर्दछ। हाम्रो अर्थतन्त्र सबल, गतिशील र लय पक्रेको अर्थतन्त्रको रुपमा अगाडि बढ्न सक्छ। हाम्रो यो अर्थतन्त्रलाई मजदुत बनाउनका निमित्त हामीले एकताका साथ दूरदृष्टि राखेर अगाडि बढ्नु पर्छ।’’

मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकता सम्बन्धी नयाँ विधेयक ल्याउनु परेको पनि स्पष्ट पार्नुभएको छ।