• ६ कात्तिक २०८१, मङ्गलबार

टी–२० विश्वकप ट्रफीले नेपाल भ्रमण गर्ने

blog

काठमाडौं, असार २५ गते । आईसीसी टी–२० विश्वकप ट्रफीको नेपाल भ्रणम पक्का भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्व कप क्रिकेटको ट्रफी सगरमाथाको देश नेपाल भ्रणम गराउने निर्णय गरेको हो ।

आईसीसीका अनुसार १६ अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको ट्रफीले अगस्ट ३० देखि ३१ सम्म नेपालको भ्रमण गर्नेछ । आईसीसीले विश्वकप आउन एक सय दिन बाँकी छँदा शुक्रबार विश्वकप ट्रफीको ‘वल्र्ड टुर’ को भ्रमण तालिकामा नेपाललाई पनि समावेश गरेको हो । आईसीसीले विश्वकप ट्रफी टुर शुक्रबार देखिनै सुरुवात गरेको छ । अस्ट्रेलियाको मेलर्बनबाट सुरु भएको ट्रफी टुरले विभिन्न १२ देशको भ्रमण गर्नेछ ।

ट्रफी मेलबर्नबाट सुरु भएर पपुवा न्युगिनी, फिनल्यान्ड, स्कटल्यान्ड, जर्मनी, इन्डोनेसिया, जापान, नेपाल, सिंगापुर, फिजी, घाना हुँदै अस्ट्रेलियामै पुगेर समाप्त हुनेछ । २०२२ का नोभेम्बर १३ सम्म सञ्चालन हुने आईसीसी टी–२० विश्वकपमा १६ देशको सहभागिता रहनेछ । एजेन्सी