• १६ चैत २०८०, शुक्रबार

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

blog

फाइल तस्बिर

पाँचथर, असार २५ गते । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले ३५ वर्षीय श्रीमती निला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फिदिम नगरपालिका–१४ बुर्दुम बस्ने ४० वर्षीय श्रीमान् राजकुमार राईलाई पक्राउ गरेको हो ।

राजकुमारले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो ।

उपचारको क्रममा निलाको मृत्यु भएको खबरका आधारमा  रानिटारबाट खटिएको प्रहरीले राजकुमारलाई शुक्रबार राति पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।