प्रधानमन्त्री शेरबहादुर देउवाले देशको भाषा, साहित्य एवम् संस्कृतिको प्रवर्द्धनमा प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक सुरु भएको छ ।
उच्च शिक्षा अध्ययनसँगै छात्रावास सुविधाका लागि बजेट कटौती हुँदा समस्यामा परेको मुक्त कमलरीहरुले बताएका छन् । मुक्त कमलरी विकास मञ्चले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुक्त कमलरीहरुले शिक्षा र छात्रावासका लागि बजेटको व्यवस्था गरिदिन सरकारसँग माग गरेका हुन् ।
मधेश प्रदेशमा बाढीजन्य विपत् आउने आँकलन गर्दै एउटा हेलिकप्टरसहित स्थानीय तहमा हेलीप्याड निर्माणको माग गर्ने निर्णय गरेको छ । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालय अन्तर्गतका प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको सो मन्त्रालयका मन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो ।
भक्तपुरमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तरगत सुर्यविनायक नगरपालिका ८ आर्दशचोक नजिकै गएराति मोटरसाइकल र ट्रिपर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
राष्ट्रपति तराई मधेस चुरे संरक्षण कार्यक्रम अन्तर्गत बाँकेमा एकसाता भित्र २० हजार वृक्षरोपण गरिएको छ । बाँके बैजनाथ गाउँपालिकाको गाभरभ्यालिमा रहेको रारा आधारभूत विद्यालयको प्राङ्गणबाट शुरु भएको सो वृक्षारोपण उक्त क्षेत्रको १० हेक्टर जग्गामा गरिएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका बोर्ड सदस्य भेषराज आचार्यले बताउनुभयो ।
पछिल्लो समय नेपालका चलचित्र भवन अत्याधुनिक र सुविधासम्पन्न बन्दै गइरहेका छन् । काठमाडौँसहित नेपालका मुख्य सहरमा सुविधासम्पन्न हल खुल्ने क्रम निकै बढेको छ । चलचित्र भवन सिङ्गल स्क्रिनबाट मल्टिप्लेक्समा परिणत हुने क्रम जारी छ । जमलको विश्वज्योति हल अहिले मल्टिप्लेक्समा परिणत भएको छ ।
बाढी पहिरोबाट जनधनको क्षति कम गर्न मेलम्ची बजार, तालामाराङ र बाहुनेपाटी बजारमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरी परीक्षण सफल भएको छ । गत असार १ गते र त्यसपछिका भेमाथाङ पहिरो मेलम्ची बाढीमा परिणत भएर आएपछि ठूलो धनजनको क्षति पु¥याएपछि यो वर्ष त्यस्तो क्षति हुनबाट जोगाउन साइरन जडान गरेर सफल परीक्षण सम्पन्न भएको छ ।
जिल्लाको दुर्गम मानिने मासपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यन्न हालसम्म नपाएको स्थानीयले गुनासो गरेको छ । लिमिटेडको खाद्यन्न बिक्री केन्द्र पुग्न एक दिन लाग्ने र खाद्यन्न बिक्री बितरण बारे मासपुरवासीलाई जानकारी नहुने गरेको भन्दै खाद्य समस्या हुने गरेको स्थानीयहरुको गुनासो छ ।
खोटाङका स्थानीय तहहरूले फरक राजनीतिक दलसँग आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने योजना, नीति, कार्यक्रम र त्यसका लागि आवश्यकपर्ने बजेट निर्माणका लागि सल्लाह सुझाव लिइरहेका छन् । केही दिनभित्रमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउन लागेका स्थानीय तहहरू सबैको सुझावलाई नीति तथा कार्यक्रममा समावेश गर्ने गरी छलफलमा जुटेका हुन् ।
तन्त्र विद्याअन्तर्गत मानव शरीरमा मनोशारीरिक पक्षहरूसँग सम्बद्ध सात ऊर्जा केन्द्र वा चक्रहरूको ज्ञान व्याख्या गरिएको छ । चक्रहरू शरीरका विभिन्न स्थानमा रहेका र इन्द्रेणीका रङसँग सम्बद्ध हुन्छन् । दैनन्दिन जीवनमा हामी सूक्ष्म मनावैज्ञानिक र शारीरिक तहमा यी चक्रलाई अनुभूत गर्दछौँ । यिनीका उत्पत्ति र ऊर्जासँग पूर्ण रूपमा परिचित नभए पनि यिनका प्रभावका बारेमा भने हामी परिचित हुन्छौँ । उदाहरणका लागि कुनै गहिरो र हार्दिक भावना उल्लेख गर्दा हामी मुटुमा मन्द मीठो वा नमीठो अनुभूति गर्दछौँ । त्यस्तै तेस्रो आँखा उल्लेख गर्दा हामीलाई अज्ञात स्रोतबाट प्राप्त ज्ञानको अनुभूति हुन्छ ।
मोबाइलको आयात घटेको छ । यसअघि मासिक औसत दुई अर्ब रुपियाँभन्दा बढीको मोबाइल आयात भइरहेकामा पछिल्ला दुई महिनामा भने यसको आयात घटेको हो । भन्सार विभागका अनुसार जेठमा एक अर्ब १२ करोड ५४ लाख रुपियाँको मोबाइल आयात भएको छ । जब कि वैशाखमा एक अर्ब ९६ करोड १७ लाख रुपियाँको मोबाइल आयात भएको थियो ।
गत पाँच वर्षमा बाघको आक्रमणबाट बाँके र बर्दियामा २९ जनाको मृत्यु भएको तथ्याङक छ । बाँके र बर्दिया निकुञ्जले दिएको जानकारी अनुसार गत पाँच वर्षको अवधीमा बर्दियामा २३ र बाँकेमा ६ जना गरेर २९ जनाको मृत्यु भएको हो ।
जसरी स्नायुकोषले दिमाग र शरीरको अन्य भागबीच सञ्चार सेतुका रूपमा काम गर्छ, त्यसरी नै इन्टरनेटले समाजका सबै तह र तप्कालाई जोड्ने काम गरिरहेको छ । त्यसैले एक्काइसौँ शताब्दीमा इन्टरनेट मानव जातिका लागि प्राणवायु नै बनेको छ । यस्तो लाग्छ इन्टरनेटबिना आधुनिक जीवन निष्प्राण बन्न पुग्छ ।