• ७ जेठ २०८१, सोमबार

ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

blog

गोरखापत्र अनलाइन 

भक्तपुर, असार ९ गते । भक्तपुरमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै गएराति मोटरसाइकल र ट्रिपर एक-आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं २ व्यासी बस्ने वर्ष १९ को निश्चल चौगुठी र अर्का  हाल नामथर वतन नखुलेको  अन्दाजी २०/२१ वर्षका पुरुष रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनुभयो । 

सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको ट्रिपर गएराति सवा २ बजे एक -आपसमा ठोक्किएका हुन् । ट्रिपर चालक जिल्ला दोलखा मेलुङ गा.पा. ३ घर भइ हाल काठमाण्डौ जिल्ला  सुकेधारा बस्ने वर्ष ३५ को धनबहाहुर थोकर प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।