• ७ जेठ २०८१, सोमबार

ऋण लिएको प्रमाणित गर्न गगन थापालाई गृहमन्त्रीको चुनौती

blog

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने । फाइल तस्बिर

काठमाडौं, वैशाख २८ गते। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई चुनौति दिनुभएको छ।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले आफूले हस्ताक्षरसहितको निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको कुरा प्रमाणित गर्न चुनौती दिनुभएको हो।

उहाँले गगन थापाले भनेजस्तै प्रमाण पेश गर्न सकेमा आफूले राजनीति छोड्ने बताउनुभयो।उहाँले प्रमाण दिन नसकेमा गगन थापालाई राजनीति छाड्न चुनौती दिनुभयो।उहाँले संसदीय छानबिन समिति बनाउने कुरा सामान्य भएको भन्दै बनाउन सकिने धारणा पनि राख्नुभयो।उहाँले आफू प्रमाणसहित कोही आएमा राजनीति छोड्न तयार रहेको भन्दै समिति नबनाउन नभनेको बताउनुभयो।उहाँले चुनौती स्वीकार गरेर दुई जनाको राजनीति दाउमा लगाउन तयार हुन थापालाई आग्रह गर्नुभयो ।

गृहमन्त्री लामिछानेले आफ्नो कुरा संसदबाट सुन्न काँग्रेस डराएको बताउनुभयो।आफूले संसदमा बोल्न पाएमा सबै कुरा स्पष्ट ढंगले राख्ने उहाँको भनाइ छ।