काठमाडौं, असार २६ गते। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रको माग र समय अनुसार मौद्रिक नीति आउने दाबी गर्नुभएको छ। आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव कार्यक्रममा बोल्नुहुँदै गभर्नर अधिकारीले त्यस्तो बताउनुभएको हो। उहाँले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र बाह्य क्षेत्र व्यवस्थापन गर्नेगरी नीति आउने बताउनुभयो। गभर्नर अधिकारले गभर्नर वा निजी क्षेत्रको माग भन्दा पनि मुलुकको अर्थतन्त्रको मागलाई सम्बोधन गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताउनुभयो। उहाँले अर्थतन्त्रलाई स्थिर बनाउनुपर्ने अवस्था रहेको भन्दै अर्थतन्त्र अस्थिर भए समस्या आउने भएकाले अर्थतन्त्रलाई सुधार गर्नेगरी मौद्रिक नीति आउने स्पष्ट पार्नुभयो। गभर्नर अधिकारीले अहिलेको अर्थतन्त्रको माग अनुसार मौद्रिक नीति ल्याउने विषयमा राष्ट्र बैंकको टिमले सूक्ष्म रुपमा तथ्यांक विश्लेषण गरिरहेको बताउनुभयो। उहाँले निजी क्षेत्रले व्यवसाय सहज हुनेगरी नीतिको अपेक्षा गर्नु राष्ट्र बैंकले स्वभाविक रुपमा लिएको बताउनुभयो। उहाँले भन्नुभयो,‘‘अहिलेको अर्थतन्त्रको अवस्था सुहाउने मौद्रिक नीति ल्याउँदा हामी सबैले केही सहनुपर्ने हुनसक्छ। एउटा रेगुलेटर भएको हिसाबले सहनुपर्ने हुनसक्छ। बैंकका ग्राहक निजी क्षेत्रले सहनुपर्ने हुनसक्छ।’’ गभर्नर अधिकारीले अर्थतन्त्र सुधार गर्दा सरकारको लक्ष्य अनुसार राजश्व संकलन नहुने, व्यवसायी मार्कामा पर्ने संकेत गर्नुभयो। उहाँले महासंघले दिएका सुझावलाई मौद्रिक नीतिमा समेट्ने प्रतिवद्धता जनाउनु भयो।‘‘समय र अर्थतन्त्रको माग के हो ? त्यो अनुसारको पोलिसी आउने हो। गभर्नर महाप्रसाद अधिकारलाई के लाग्छ दिमागमा त्यो पोलिसी आउने होइन। निजी क्षेत्रले के माग गर्नुहुन्छ त्यो आउने होइन। पोलिसीमा राष्ट्र बैंक स्पष्ट छ। हाम्रो टेक्नीकल टिमले काम गरिरहेको छ’’, गभरर्नर अधिकारीले भन्नुभयो, ‘‘अर्थतन्त्रको माग अनुसार मौद्रिक नीति लिएर आउँछौं। त्यो ल्याउँदा कुनैपनि क्षेत्रलाई सम्बोधन गर्नुपर्ने हुन्छ। त्यो कसरी सम्बोधन गर्ने छलफल भइरहेको छ। हामी एक खालको चुनौतीपूर्ण अवस्थामा छौं। समस्या समाधानको लागि सरकार, राष्ट्र र निजी क्षेत्रबाट भइरहेका छन्। निजी क्षेत्रले सरकारले आफ्नो अनकुलको नीति ल्याइदिए हुन्थ्यो भन्नु स्वाभाविक हो।’’गभर्नर अधिकारीले अर्थतन्त्रमा स्थयित्व हुनुपर्ने उल्लेख गर्दै स्थयित्व कायम गरेर सबै क्षेत्रलाई समेट्ने मौद्रिक नीति ल्याउने प्रतिवद्धता जनाउनु भयो।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यिक रचनाहरुलाई निरन्तरता दिन स्रष्टाहरुलाई प्रोत्साहित गर्नुभएको छ । छिन्नलता गीत पुरस्कार गुठीले आईतबार यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरुलाई आग्रह गर्नुभएको हो ।
नेपाल पौडी संघले आयोजना गरेको १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले दोहोरो स्वर्ण जित्नुभएको छ ।
नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ चियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ । विदेश विभाग प्रमुख जियान्चाओले आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नुभएको हो ।
नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ ।
काठमाडौं, असार २६ गते । एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको 'शिरको फूल शिरैमा' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय देख्न सकिन्छ ।गीतमा शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको छ भने अजय रेग्मीको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ ।यस्तै, राम अविरल विष्टको शब्द रहेको यो गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर, एसडी योगीको संगीत रहेको छ ।
चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि जुडो खेलको दोस्रो चरणको छनोट सम्पन्न भएको छ ।
काठमाडौं, असार २६ गते। काठमाडौंको पशुपति क्षेत्रमा दुई दिने राष्ट्रव्यापी सनातन धर्म सम्मेलन आइतबारदेखि सुरु भएको छ। राष्ट्रिय सनातन धर्म संस्कृत महासंघद्वारा आयोजित सो सम्मेलनको पूर्व उपप्रधानमन्त्री एवम् राप्रपा नेपालका अध्यक्ष कमल थापाले उद्घाटन गर्नुभएको हो।उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष थापाले नेपालको गुमेको हिन्दू राष्ट्रको पहिचान छिट्टै पुनःस्थापित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले वैदेशिक शक्तिको बलमा जवर्जस्ती धर्मनिरपेक्षता घोषणा गरिएको बताउनुहुँदै नेपाललाई हिन्दुराष्ट्रको रुपमा पुनःस्थापना गर्न सनातन ॐकार परिवार भित्रका हिन्दू, बौद्ध, किराँत, शिख, जैनलगायतका सम्पूर्ण सम्प्रदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताको बारेमा प्रकाश पार्नुभयो भने कार्यक्रममा सम्मानित विशिष्ट अतिथि १००८ स्वामी अमृतानन्द गिरीले नेपाल वैदिक सनातनीको मुख्यस्थल भएको चर्चा गर्नुहुँदै सबै जागरुक हुनुपर्ने बताउनुभयो। बैंकटेश्वर मन्दिरका पीठाधिस पद्मधराचार्य, लोकेश्वर आश्रमका पीठाधिस दीनदयाल महाराज, किराँत धर्मगुरु मुन्धुम विद् डा. चन्द्रकुमार शेर्मा, शिख समुदायका अगुवा ज्ञानी गुरुवक्स सिंह, सनातन धर्म संस्कृति महासंघका अध्यक्ष आचार्य सुजन अधिकारी लगायतले आफ्नो धारणा राख्नुभयो। कार्यक्रममा प्रतिनिधिका रुपमा करिब ६० जिल्लाका धार्मिक अगुवा सहभागी हुनुहुन्छ। कार्यक्रमको बन्द सत्रमा जगमान गुरुङ ,प्रा. डा. सोमप्रसाद खतिवडा, संचारकर्मी बिनु पोखरेल, मोहन लामाले कार्यपत्र प्रस्तुत गर्नुहुने आयोजक सस्थाका अध्यक्ष सुजन अधिकारीले जानकारी दिनुभयो। कार्यक्रम सोमबारसम्म चल्नेछ।
काठमाडौं, असार २६ गते । 'मिस्टर एन्ड मिस टिन वल्र्ड नेपाल' को दोस्रो संस्करणमा निर्णायकको जिम्मेवारी पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिनमान बानियाँ, नेक्स्ट टप मोडेल अफ नेपाल २०१६ कि विजेता पुजा गिरी र कोरियोग्राफरमा रोजिन शाक्यले निर्वाह गर्ने भएका छन् । आयोजक फेलिज इन्टरनेशनलले निर्णायकलाई चिनाउनुका साथै प्रतियोगिताको आवदेन समेत खुल्ला भएको जनाएको हो ।१६ देखि २१ वर्षसम्मका युवा युवतीले भाग लिन पाउने प्रतियोगिता मोडलिङ्ग तथा अभिनय पेशामा आबद्ध हुन चाहनेका लागि अवसर पनि हो । एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फूर्सद सदुपयोग गर्दै उहाँहरुको आत्मविश्वास, कार्यक्षमता अभिवृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पुर्याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगीताका शीर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने 'टप मोडल अफ युनिभर्समा' नेपालको प्रतिनिधित्व गर्ने अवसरकासाथै द व्रिटिस कलेजमा २० लाख रुपैंयासम्मको छात्रवृति, आयोजकका तर्फबाट नगद पुरस्कार १ लाख तथा विभिन्न उपहारहरु प्राप्त गर्नेछन् ।फस्र्ट रनरअप तथा सेकेन्ड रनर अपले ब्रिटिस कलेजबाट रु. १५ लाखसम्मको छात्रवृति तथा सहभागीले पहिलो वर्ष अध्ययनका लागि पचास प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् । अडिसन जुलाई १६ अर्थात् असार ३१ गते द ब्रिटिस कलेज, थापाथलीमा हुने भएको छ ।
ताप्लेजुङका किसान जडीबुटी खेतीबाट उत्साहित देखिएका छन् । जडीबुटी खेती लगाउन तथा बिस्तार गर्नमा अनुदान सहयोग पाएपछि किसान उत्साहित भएका हुन् ।
कालिकोट जिल्लाको सदरमुकाम मान्ममा घर भत्किएको छ। आइतबार साँझ ५ बजेर १९ मिनेटमा तीन तलाको घर भत्किएको हो।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदीले पीडित केन्द्रित भएर आयोगले बेपत्ता भएका व्यक्तिको छानविन र अनुसन्धान गरिरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ विधेयक संशोधन विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौं, असार २६ गते । साउथका सुपरस्टार अक्किनेनी नागार्जुनको आगामी एक्सन फिल्म 'द घोस्ट' को टिजर सार्वजनिक भएको छ । नागार्जुन आफैंले पनि तेलुगु फिल्मको यो टिजर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, “तपाइँलाई भूतको एक्शन-प्याक झलक प्रस्तुत गर्न धेरै उत्साहित छु । 'द घोस्ट' अक्टोबर ५ मा सिनेमाघरमा रिलिज हुने भएकाे छ । फिल्मको ४९ सेकेण्ड लामो टिजरमा ६२ वर्षीय नागार्जुनको खतरनाक एक्सन अवतार देख्न सकिन्छ । चलचित्रलाई प्रवीण सत्तारुले निर्देशन गर्नुभएको हो ।
प्रथम लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँके जिल्लाले जितेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेट गर्नुभएको छ।