• ८ असार २०८१, शनिबार

'शिरको फूल शिरैमा' बोलको गीतको सार्वजनिक

blog

काठमाडौं, असार २६ गते । एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको 'शिरको फूल शिरैमा' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय देख्न सकिन्छ ।

गीतमा शिव विकको कोरियोग्राफी तथा निर्देशन रहेको छ भने अजय रेग्मीको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ ।

यस्तै, राम अविरल विष्टको शब्द रहेको यो गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर, एसडी योगीको संगीत रहेको छ ।