• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री देउवासँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको शिष्टाचार भेट

blog

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुहुँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओ । तस्बिर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, असार २६ गते। प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओले शिष्टाचार भेट गर्नुभएको छ। 

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर चियानचाओले भेटवार्ता गर्नुभएको हो। 

सीपीसीको विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोली तीन दिनसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। आठ सदस्यीय टोलीसहित उहाँ आइतबार बिहान नेपाल आउनुभएको हो। 

लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै अन्य दलका अध्यक्ष लगायत नेतासँग भेटवार्ता गर्नुहुनेछ।   


बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुहुँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओ नेतृत्वको टोली ।