• ८ असार २०८१, शनिबार

एसियाडका लागि जुडोको दोस्रो चरणको छनोट सम्पन्न

blog

एसियाड जुडोको छनोट खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, असार २६ गते । चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि जुडो खेलको दोस्रो चरणको छनोट सम्पन्न भएको छ । नयाँबजार स्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आइतबार भएको छनोट खेलबाट पुरुषतर्फ ११ महिलातर्फ १० गरी २१ खेलाडी छनोट भएको नेपाल जुडो संघले जनाएको छ । 

छनोट हुनेमा पुरुष ६० केजी तौल समूहमा नेपाल पुलिस क्लबका उमेश मगर, सुबोध मन्डल र प्रवीनकुमार दियाली, पुरुष ७३ केजी तौल समूहमा एपीएफ क्बलका प्रमोद मन्डल, सन्जित डंगोल र सुदेश डोङ तथा पुरुष ८१ केजी तौलमुनि मधु रोकामगर, जंगबहादुर सारु र योगेन्द्र विष्ट हुनुहुन्छ । सय केजी तौल समूह माथि  राजन जोशी र प्रनीतजंग सिंह ठकुरी छनोट हुनुभएको छ । 

महिलातर्फ ४८ केजी तौलमुनि पुलिसकी सोनिया भट्ट, निशा श्रेष्ठ र सुनिता मगर तथा ५७ केजी तौलमुनि पुलिस क्लबकी मनिता श्रेष्ठ प्रधान, आर्मी क्लबकी सीमाकुमारी चिडी र एपीएफकी सुनिता थिङ छनोट हुनुभएको छ । ७० केजी तौलमुनि आर्मीकी पुनम श्रेष्ठ र पुलिसकी निशा चौधरी तथा ७८ केजी तौलमुनि आर्मीकी आकृति जोशी र अस्मिता गोले छनोट हुनुभएको छ ।