• २६ पुस २०८१, शुक्रबार

पौडीमा नासिर र निभालाई दोहोरो स्वर्ण

blog

फाइल तस्बिर ।

काठमाडौं, असार २६ गते । नेपाल पौडी संघले आयोजना गरेको १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले दोहोरो स्वर्ण जित्नुभएको छ ।

प्रतियोगिताको पहिलो दिन आइतबार नासिरले २०० मिटर इन्डिभिजुअल मिड्ले र १०० मिटर फ्रि स्टाइलमा तथा निभाले ५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टाइलमा स्वर्ण जित्नुभएको हो । 

महिला २०० मिटर इन्डिभिजुअल मिड्लेमा डुवाना लामाले खुलातर्फ स्वर्ण जित्नुभयो । निभा मास्केले रजत र सियरा सुभाङ्गीले कांस्य जित्नुभयो । पुरुषतर्फ सोही स्पर्धामा नासिर याह्या हुसेनले स्वर्ण, सेरेन सिंहले रजत र विकास कुमालले कांस्य जित्नुभयो । 

महिला ५० मिटर ब्याकस्ट्रोकमा निभा मास्केले स्वर्ण, रोयल प्रजापतीले रजत र आर्या महर्जनले कांस्य जित्नुभयो । पुरुषतर्फ तेन्जिङ्ग नामदोल रायन गुरुङले स्वर्ण, अनुभव सुब्बाले रजत र गौरभ लामाले कांस्य जित्नुभयो । 

महिला १०० मिटर फ्रिस्टाइलमा डुवाना लामालाई हराउँदै निभा मास्केले स्वर्ण जित्नुभयो । अनुसिया तण्डुकारतेस्रो हुनुभयो । पुरुषतर्फ नासिर याह्या हुसेनले स्वर्ण, अनुभव सुब्बाले रजत र सुविग्यमान तुलाधरले कांस्य जित्नुभयो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायतले पुरस्कार प्रदान गर्नुभयो ।