• १३ साउन २०८१, आइतबार

कालिकोटको मान्मामा तीन तले घर भत्कियो : तीन जनाको उद्धार

blog

प्रेम सिम्खडा 

मान्मा, असार २६ गते। कालिकोट जिल्लाको सदरमुकाम मान्ममा घर भत्किएको छ। आइतबार साँझ ५ बजेर १९ मिनेटमा तीन तलाको घर भत्किएको हो। 

घटना स्थालबाट तीन जनाको जीवितै उद्वार गरिएको छ। उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रिय भएका छन्। 

खाडाचक्र नगरपालिका वडा नम्बर १ का लक्ष्मी पाण्डेको घर भत्किएको हो। घटना स्थालबाट दुई जना महिला एक जना पुरूषको उद्वार गरिएको हो।

उद्धार भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। भवनमा अरु कति मानिस थिए भन्ने खुलेको छैन। घरको तल्लो तलामा केही मानिस तास खेलेर बसेको स्थानीयले बताएका छन्। प्रहरीले भने कति मानिस भएको भन्ने विवरण प्राप्त नभएको बताएको छ।