• २२ कात्तिक २०८२, शनिबार

रोहनको शानदार प्रदर्शनमा हैरान्सको जित

blog

शनिबार भएको खेल ।

काठमाडौँ, कात्तिक २२ गते । एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार  हैरान्सले टाइगर्स टिमलाई ५–२ ले हराएको छ । हैरान्सका लागि रोहन दोङले तीन गोल गर्नुभयो । समिराज थोकर र विश्व लामाले थप एकएक गोल गर्नुभयो । टाइगर्सका विशेष लामाले दुई गोल गर्नुभयो । रोहन प्लयेर अफ द म्याच बन्नुभयो । 

त्यसैगरी शनिबार नै भएको अर्को खेलमा काँक्रेविहार यूथ क्लब र नव जनजागृति युवा क्लबले १–१ गोलको बराबरी खेलेका छन् । काँक्रेविहारका लागि आशिष चापागाईं तथा नव जन जागृतिका  लागि सुजन न्यौपानेले गोल गर्नुभयो । काँक्रेविहार सरिन जिसी म्यान अफ द म्याच बन्नुभयो ।

लिग कम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले १० लाख रुपियाँ पुरस्कार पाउने छ । उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छ । 

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुनेछ ।