• २१ पुस २०८१, आइतबार

परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता चियान्चाओबीच भेट

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २६ गते । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ चियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ । विदेश विभाग प्रमुख जियान्चाओले आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नुभएको हो । 

परराष्ट्र मन्त्रीलाई भेट्न चियान्चाओसहित ७ सदस्यीय भ्रमण टोली सिंहदरबार पुगेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले भोली (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख चियान्चाओको नेपाल भ्रमणलाई नेपाली राजनीतिक बृत्तमा रुचिपूर्वक हेरिएको छ । जियान्चाओ चार दिनसम्म नेपालमा रही राजनीतिक भेटघाट कार्यक्रम रहेको छ ।