• ८ जेठ २०८१, मङ्गलबार

राष्ट्रियसभा बैठक : विनियोजन विधेयकमाथि छलफल जारी

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार ९ गते । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक सुरु भएको छ ।

बिहीबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न सात वटा मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल जारी रहेको छ ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

यसैगरी, सांसद भैरव सुन्दर श्रेष्ठले ‘‘विनियोजन विधेयक, २०७९ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ कायम गरियोस्’’ भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

त्यस्तै, भौतिम पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ‘‘रेल्वे विधेयक, २०७९’’ सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ ।