शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर ४ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको टोलीले आज सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको अवलोकन गर्नुभएको छ।
अवलोकनपछि प्रतिक्रिया दिनुहुँदै सभामुख घिमिरेले संसद् भवन निर्माणको गति सन्तोषजनक नभए पनि काममा भने केही प्रगति भएको बताउनुभयो । निर्माण कम्पनीले आगामी चैतसम्म निर्माण सम्पन्न गर्ने भने पनि उक्त समय पर्याप्त नभए पनि चाँडै संसद् भवन निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रियसभाका अध्यक्ष दाहालले अघिल्लो अवस्थाका तुलनामा अहिले निर्माण कार्यमा प्रगति भएको पाइएको बताउनुभयो ।
अवलोकन टोलीमा राष्ट्रियसभाका उपाध्यक्ष, सङ्घीय संसद्का महासचिव, सचिव तथा कर्मचारीलगायत सहभागी हुनुहुन्थ्यो ।