• ७ जेठ २०८१, सोमबार

यौनजन्य अभियोगमा दुई शिक्षक कारागार चलान

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, असार ७ गते । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि दुईजना शिक्षकलाई कारागार चलान गरेको छ । बाल यौन दुरुपयोग गर्न नहुने कसूरमा दुई जनालाई पुर्पक्षका लागि आज कारागार चलान गरिएको हो । 

चलान हुनेमा काभ्रेपलाञ्चोकको साविक सापिङ गाउँपालिका–४ घर भइ काठमाडौंको कागेश्वरी मनोहरा–८ बस्ने ४७ वर्षीय जनार्दन अधिकारी र काठमाडौंकै कागेश्वरी मनोहरा–७ का ५१ वर्षीय राजन कुमार पौडेल रहेका छन् । 

चाबहिलस्थित एउटा कलेजको कोर्ष को–अर्डिनेटर र शिक्षकले नाबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग छ । तीन जना नाबालिकाको तर्फबाट अभिभावकहरुले प्रहरी बृत्त गौशालामा उजुरी दिएका थिए । 

उजुरीपछि प्रहरीले पीडितहरुको प्रसूति गृह अस्पताल थापाथलीमा स्वास्थ्य परीक्षण गराएको थियो । उक्त घटनालाई प्रहरीले गम्भीरताका साथ लिएर सूक्ष्म तवरले अनुसन्धान शुरु गरेको थियो । महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार सो कार्यमा संलग्नहरु फरार रहेकाले प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेका दुवैमाथि मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को परिच्छेद–१८ को दफा २२५ को बाल यौन दुरुपयोग गर्न नहुनेसम्बन्धी कसूरमा मुद्दा चलेको र अनुसन्धान सकिएपछि आज जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउन आदेश दिएको हो ।