• २ माघ २०८२, शुक्रबार

बसमा सवार यात्रुको मृत्यु

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ २ गते ।
सप्तरीको कञ्चनपुर क्षेत्रमा यात्रुवाहक बसमा सवार एक यात्रुको मृत्यु भएको छ । भैरहवाबाट विराटनगरतर्फ जाँदै गरेको लु २ ख ३४८५ नम्बरको यात्रुबाहक बसमा सवार तिरहुत गाउँपालिका ४ डिमन घर भएका ५५ वर्षीय महेश मुखियाको बाटोमै मृत्यु भएको हो ।

उहाँ विगत ३–४ दिनदेखि बिरामी रहेको र उहाँका श्रीमती ४५ वर्षीया दुखनी मुखियाले घर लैजाने क्रममा बिहीबार बसमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँले शुक्रबार बिहान बस चालकले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जानकारी गराएपछि प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा कुनै शङ्कास्पद अवस्था नदेखिएको बताउनुभयो ।

मृतकको शव उहाँका भाइ उमेश मुखियाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।