• २८ वैशाख २०८१, शुक्रबार

मध्यपहाडी सडक अवरुद्ध

blog

अछाम, साउन ३ गते । अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको मध्यपहाडी सडकमा सोमबारराती पहिरो जाँदा सडक अवरुद्ध भएको छ  ।  नगरपालिकाको वडा नम्बर ३ र ४ को दरेपाटा भन्ने स्थानमा सडक भन्दा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

पहिरोले मध्यपहाडी सडक अवरुद्ध हुँदा अछामबाट सुर्खेत, दैलेखलगायत आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् । राति नै पहिरो आएकोले अहिलेसम्म पहिरोका कारण सवारीसाधन रोकिएको स्थानीय सुरेश रावतले जानकारी दिनुभयो ।

आफूमा जानकारी नआएको तर सडक सुचारू गर्न आवश्यक भएको नगरपािलकका उपप्रमुख हर्कबहादुर रावलले जानकारी लिनुभयो । पानी परिरहेकोले फोन सम्पर्क हुनेबित्तिकै सडकको पहिरो सफा गरेर यातायात सञ्चालन ल्याउनुपर्ने माग स्थानीयले गरेका छन् । 

Author

शिवराज ढुंगाना