• २८ वैशाख २०८१, शुक्रबार

‘को–हजबेन्ड’ चलचित्र महोत्सवमा चयन

blog

काठमाडौँ, साउन ३ गते । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) अमेरिका र भारतको चलचित्र महोत्सवमा छनोट भएको छ । अमेरिकाको एटलान्टमा अगस्ट ४ देखि ७ सम्म आयोजना हुने आठौँ कब इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘को–हजबेन्ड’ छानिएको निर्देशक गणेश पाण्डेले जानकारी दिनुभयो । 

यस्तै अगस्ट ३ देखि ६ सम्म भारतको कोलकातामा आयोजना हुने साउथ एसियन सर्ट फिल्म फेस्टिभलमा पनि ‘को–हजबेन्ड’ चयन भएको छ । आयोजक प्रेमेन्द्र मजुमदारका अनुसार, कोलकातामा चलचित्र महोत्सव उद्घाटनकै दिन ‘को–हजबेन्ड’ प्रदर्शन हुँदैछ । 

बहुपति प्रथामा आधारित ३५ मिनेटको वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो । घरमा जति दाजुभाइ छन् उनीहरूले एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ ।