काठमाडौं, भदौ ९ गते। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले बिहीबार पनि नयाँबानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउण्ड तत्काल खाली गर्न निर्देशन दिएको छ।ती क्षेत्रको अवलोकनपछि उहाँले पार्किङका लागि निर्माण गरिएका स्थान सोही प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिनुभएको हो।तत्काल उक्त संरचना हटाएर नक्सा पासअनुरुप पार्किङको व्यवस्था गर्न निर्देशन दिएको छ। अल्फा हाउसको पार्किङ गर्नका लागि तय गरिएको स्थानमा ‘ल्याब’ सञ्चालन गरिएको छ भने शङ्खमूलको बर्गर हाउस बेसमेन्ट पार्किङमा सञ्चालित छ। यी दुवैलाई तत्काल हटाउन प्रमुख साहले निर्देशन दिनुभएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो।त्यसैगरी अहिले नगर प्रहरी प्रमुखसहितको टोली गौशाला पुगेको छ टोलीले त्यहाँ मुक्तिनाथ विकास बैंक रहेको भवनको बारेमा जानकारी लिने र आवश्यकता अनुरुपको निर्देशन र कारबाहीको प्रक्रिया अघि बढाउने बताइएको छ। बानेश्वर र शङ्खमूल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीलाई भाडा दिएका ठाउँमा पनि उक्त टोलीले अवलोकन गरेको छ। अवैध संरचना हटाउनका लागि कामपाले यसअघि ३५ दिने सूचना जारी गरेको थियो। उक्त सूचनाको बेवास्ता गरेपछि कामपा ‘एक्सन’मा उत्रिनुपरेको प्रमुख साहको भनाइ छ। रासस
काठमाडौं, भदौ ९ गते । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९५ हजार आठ सय तोकिएको छ। सुन बुधबार प्रतितोला ९५ हजार तीन सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय छ। बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय थियो। त्यस्तै बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपियाँले बढेर एक हजार एक सय ७५ पुगेको महासंघले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। रासस
पाँच खेलको ट्वान्टी-२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार (आज) अपरान्ह घरेलु टोलीसँग पहिलो ट्वान्टी-२० खेल खेल्दैछ।
सत्तारुढ गठबन्धनले देशका सबै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरेर प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ८ गतेसम्म २० जनाले उजुरी दर्ता गरेको जानकारी दिनुभयो ।
एकै विद्यालयका २७ जना विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरस्थित बरुणेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीमा कोरोना पोजिटिभ पाइएको हो ।
सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनको कार्यदलले सिट बाँडफाँटसम्बन्धमा बिहीबारसम्म टुङ्गो लगाउने बताउदै आएको थियो ।
छोरतेन स्नुकर क्लब, बौद्धको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगिता हुने भएको छ। सो प्रतियोगिता भदौ २५ गतेदेखि हुनेछ। प्रतियोगितामा २५६ बढी खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष राजन लामाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो। आयोजक क्लबमै हुने प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः दुई लाख ५१ हजार, एक लाख ११ हजार र ५१÷५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
इङ्ग्लिस लिग कपको दोस्रो चरणमा प्रिमियर लिग क्लब फुल्हमलाई चौथो डिभिजनका क्रलेले मङ्गलबार राति २–० ले स्तब्ध बनाएको छ। यस हारपछि फुल्हमले यो सत्र इङ्ग्लिस प्रिमियर लिगमा मात्र ध्यान केन्द्रित गरे पुग्ने भएको छ। क्रलेविरुद्ध फुल्हमले आफ्नो बलियो टिमलाई खेलाएको थियो तर प्रिमियर लिग पुनरागमनमा सुरुका खेल शानदार प्रदर्शन गर्ने फुल्हमले लिग कपमा निराश बनायो। प्रिमियर लिगमा फुल्हम तीन चरण सकिँदा अपराजित छ। लिभरपुल र वोल्भरह्याम्पटनसँग बराबरीमा खेलेपछि फूल्हमले गत शनिबार ब्रेन्टफर्डलाई पराजित गरेको थियो।
सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ। नेपाल राष्ट्रिय कर्मचारी महासङ्घद्वारा बुधबार राजधानीमा आयोजित ‘तीज विशेष कार्यक्रम’को अवसरमा सहभागी वक्ताहरूले सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरिएको हो।
अब नेपालमै विश्वप्रसिद्ध सामसुङ ब्रान्डका टेलिभिजन उत्पादन हुने भएको छ । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्ट फोनको ब्रान्ड सामसुङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा टीभी निर्माण गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले बुधबार नवलपरासीको सुनवल नगरपालिका, भुमहीको गोल्छा कम्पनी परिसरमा संयुक्त रूपमा सो उद्योगको शिलान्यास गर्नुभएको हो ।
गत वर्षदेखि सुर्खेतका सामुदायिक विद्यालयले छात्राहरूलाई निःशुल्क रूपमा प्याड उपलब्ध गराउन थालेपछि उनीहरूलाई प्याडको समस्या हटेको छ। तर प्याड प्रयोग गरिसकेपछि विसर्जन गर्ने ठाउँ नहुँदा निकै समस्या भएको छ। छात्राहरूले अहिले पनि रगतले लतपतिएको प्याड आफ्नै झोलाभित्र राख्छन् र वनजङ्गल तथा खोलाखोल्सातिर लगेर फ्याँक्छन्। यो उनीहरूको रहर होइन, बाध्यता हो। उनीहरूलाई प्याड दिइयो, विसर्जन गर्ने तरिका बताइएन, जसले गर्दा छात्राहरू प्रयोग भएको प्याड खोलानालामा फाल्न बाध्य भएका छन्।
दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण हुने भएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको छार्चुम जोड्ने गरेर महाकाली नदीमाथि पुल बनाउन लागिएको हो। मोटरेबल पुल निर्माणको शिलान्यास गर्नका लागि तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो। दार्चुलामा महाकाली नदीमाथि भारतसँग जोड्ने सातवटा झोलुङ्गे पुल सञ्चालनमा रहेका छन्। दुईवटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् भने थप केही पुल निर्माणका लागि पहल भइरहेको छ। मोटरेबल पुल नहुँदा भने आवागमनमा समस्या कायमै रहेको छ। मोटरेबल पुल नभएको कारणले भारतसँगको सम्बन्धमा केही कमी अनुभव भइरहेको छ, प्रजिअ उपाध्यायले भन्नुभयो, “विशेषगरी दार्चुला जिल्ला अस्पतालबाट रेफर भएका बिरामीलाई पिथौरागढ लैजाने प्रवृत्ति