• १३ साउन २०८१, आइतबार

एकै विद्यालयका २७ विद्यार्थीमा कोरोना सङ्क्रमण

blog

शेरबहादुर राई
ओखलढुङ्गा, भदौ ९ गते ।
एकै विद्यालयका २७ जना विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको मोलुङ गाउँपालिका –२ रामपुरस्थित बरुणेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीमा कोरोना पोजिटिभ पाइएको हो ।

विद्यार्थीहरुमा उच्च ज्वरो, रुघाखोकीलगायतको समस्या देखिएपछि बुधबार ९० जनाको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

विद्यालयका प्रधानाध्यपक कुलप्रसाद खतिवडाले विद्यार्थीमा कोरोना देखिएपछी विद्यालय बन्द गरिएको जानकारी दिनुभयो ।

पछिल्लो सयम जिल्लामा कोरोना पोजिटिभको सङ्ख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका सूचना अधिकरी पुष्पराज पन्तले बताउनुभयो । हाल जिल्लाका विभिन्न स्थानमा गरी ११० जनामा कोरोना सङ्क्रमण देखिएको पन्तको भनाइ छ । पोजिटिभ सबै विद्यार्थी होम आइसुलेसनमा बस्नुभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।