• १४ वैशाख २०८१, शुक्रबार

नेपाली पुरुष मोडललाई अवसर

blog

भक्तपुर, साउन २३ गते । मिस्टर मोडल अफ द वल्र्ड नेपाल–२०२२ का लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त प्रतियोगिताका लागि पुरुष मोडलहरूलाई सहभागिताका लागि आह्वान गरेको हो।

प्रतियोगितामा सहभागिता जनाउनका लागि मिस्टर मोडल अफ द वल्र्डको आधिकारिक फेसबुक पेजमा गएर सम्पर्क गर्न सकिनेछ। प्रतियोगिताा विजेताले थाइल्यान्डको बैङ्ककमा यही नोभेम्बर महिनामा आयोजना हुने मिस्टर मोडल अफ द वल्र्ड २०२२ मा नेपालको प्रतिनिधित्व गर्नेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरू सहभागी हुनेछन्। मिस्टर मोडल अफ द वल्र्ड नेपालको अन्तिम प्रतियोगिता आगामी सेप्टेम्बर ३ मा हुनेछ भने त्यसका लागि शनिबारदेखि नै आवेदन खुला गरिएको छ। 

१८ देखि ३२ वर्ष उमेर समूहकाले प्रतियोगितामा भाग लिन पाउनुहुनेछ। विदेशमा रहेका नेपालीले समेत प्रतियोगितामा भाग लिन पाउनुहुनेछ भने उचाइ र शिक्षाको मापदण्ड तोकिएको छैन। विजेतालाई बैङ्ककमा हुने मिस्टर मोडल अफ द वल्र्ड प्रतियोगितामा सहभागी हुनका लागि सबै खर्च मिस्टर मोडल अफ द वल्र्ड नेपालका आयोजकले नै बेहोर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ।