कालीगण्डकी किनारमा रहेको मालढुङ्गा भन्ने स्थानमा सयौं वर्षदेखि बस्दै आएको माझीबोटे बस्ती अभाव र सङ्कटबाट गुज्रिनु परेको छ । अल्पसङ्ख्यक समुदायमा पर्ने माझीबोटेलाई राज्यले उचित संरक्षण गर्न नसक्दा कष्टकर जीवन जिउन बाध्य बनेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिकाले “मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन” कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले शुक्रबार एजेन्सीको क्रू–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।
जैविक गाउँपालिकाको समेत पहिचान बनाएको ताराखोलाले ग्रामिण क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित ओझेलमा परेका पर्यटकीय स्थललाई पदमार्गमार्फत जोड्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने भएको छ ।
अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा अमेरिकी एयरलाइन्सको विमानमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ ।
खोलाको बगर, एकान्त, फाटिलो क्षेत्र, पानीको ठुलो मुल, मुलबाट बगेको पानीबाट बनेको पोखरीमा पौडी खेल्नेहरुको भिडभाड छ ।
नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–४, मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि गुल्मीको एक क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले अध्यक्षको उम्मेदवार घोषणा गरेको छ ।
छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा आयोजक बि.सि.एस. मेमोरियल युवा क्लबलाई २–१ गोलले अन्तरले पराजित गर्दै मानाभराले उपाधि हात पारेको हो ।
जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को चार हजार ६७० मिटर अग्लो नारा लेकको हिउँमा फसेका सात जनाको संयुक्त सुरक्षा फौजले उद्धार गरेको छ । सदरमुकाम सिमकोटबाट चीनको ताक्लाकोट जाने क्रममा नारा लेकमा जमेको हिउँमा फसेको बेला सुरक्षाकर्मीले जानकारी पाए लगत्तै उद्धार गरेको हो ।
हिन्दुहरूको महानपर्व होली र मुस्लिम समुदायको रमजानको ठुलो नमाज हुने शुक्रबार एकै दिन परेकाले शान्तिपूर्ण रूपमा पर्व मनाउन बाँकेको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
हावाहुरीका कारण मकवानपुरको थाहा नगरपालिकाको विभिन्न वडाहरूमा ठुलो परिणाममा क्षति पुगेको छ । थाहाको वडा नं. ३, ४, ५ र ८ लगायतका वडाहरुमा गएराति असिनापानीसहित आएको हावाहुरीले झण्डै डेढ दर्जन घरमा क्षति पुर्याएको हो ।
समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा शनिबार नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको मोर्चाको १२ औँ केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला रू. चार हजारले बढेर रू. एक लाख ७४ हजार पाँच सय कायम भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोक मार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।