बाँकेको कोहलपुरमा अति विपन्न समुदायका लागि रु. ४० लाखको लागतमा नमूना बस्ती निर्माण सुरु भएको छ ।
मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गर्नुभएको छ । हाल बागलुङमा बसोबास र काठमाडौँमा व्यवसाय गर्नुहुने ३८ वर्षीय सुशील खड्काले जन्मथलोमा पुख्र्यौली जग्गालाई सदुपयोग गर्न केराखेती सुरू गर्नुभएको हो ।
रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।
शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर हुन थालेका छन् ।
बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ ।
साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गर्मीयाम सुरु भएसँगै डढेलोका घटना बढ्ने भएकाले यसबाट वन जोगाउन अग्निपथ निर्माण कार्य सुरु गरिएको छ । डिभिजन वन कार्यालय मकवानपुर अन्तर्गत रहेका २१० सामुदायिक वनमध्ये करिब एक सय वनमा हरित दस्ता र अग्नि नियन्त्रणको कार्य सुरु गरिएको हो ।
कोशी प्रदेश सभाका दुई सांसदले पहिलो पटक गैरसरकारी विधेयक दर्ता गरेका छन् । सरकारले सरकारी कामकाजको भाषासम्बन्धी कानुन नल्याएको भन्दै बेला बेलामा आवाज उठाउँदै आएका सांसदले नै कानुनी अभाव परिपूर्ति गर्न भन्दै गैरसरकारी विधेयक दर्ता गराएका हुन् ।
लामो समयदेखि भोगचलन गरिरहेको जमिन मालपोतको अभिलेखमा अर्कैको नाममा देखिँदा कस्तो अनुभव हुन्छ होला ? गाँस, बास र कपासका लागि रगतपसिना बगाई दुई/चार पैसा जम्मा गरेर किनेको जमिन भूमाफियाको कब्जामा पुग्दा जोकोहीलाई पनि छाँगाबाट खसे झैँ हुन्छ नै ।
सङ्घीय सरकार आगामी वर्षको बजेट तर्जुमाको प्रारम्भिक कार्यमा जुटेको छ ।
रोजगारी सुनिश्चित नभएपछि मोरङको कानेपोखरीका विपन्न परिवार चिसाङखोलामा बालुवा र गिट्टी सङ्कलन गरेर जीविकोपार्जन गरिरहेका छन् । खोलाको निश्चित क्षेत्रमा
काठमाडौँ, चैत १ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को राष्ट्रिय कार्यकर्ता भेला आजबाट सुरु हुने भएको छ । पार्टीले मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी, गणतन्त्रको पक्षमा जनप्रदर्शन, मुलुकमा पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न काठमाडौँको बबरमहलमा भेला आयोजना गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।पार्टी निकट जनवर्गीय सङ्गठनका प्रतिनिधि, देशभरका प्रतिनिधि, कार्यकर्तालगायत करिब एक हजार सहभागी हुने भेलाको अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नुहुनेछ । शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यसूची रहेको भेलामा पार्टीको कार्ययोजना तथा रणनीतिलाई सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश कमिटीले सन्देश प्रवाह गरी जनतालाई चनाखो गराउने तथा जनआन्दोलनको व्यवस्थापन गर्नेछन् ।पार्टीका सबै तहका कमिटीहरू परिचालन गरी देशभर सङ्गठित सदस्य विस्तार तथा सङ्गठन थप सुदृढीकरण गर्ने राजनीतिक अभियान सञ्चालन गरिने छ । बाँकी रहेका वडा, क्षेत्र, जिल्ला, प्रदेशका अधिवेशन गरी कमिटी गठन गरिने जनाइएको छ । पार्टीले तल्लो कमिटीदेखि माथिल्लो तहका कमिटीका सुझाव समेटेर समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज साथै साङ्गठनिकलगायत अन्य दस्तावेज टुङ्ग्याउने उहाँले जानकारी दिनुभयो ।दस्तावेज टुङ्गो लगाउन महासचिव घनश्याम भुसालको नेतृत्वमा आठ सदस्यीय कार्यदलसमेत गठन गरेको पार्टीले आगामी कार्यक्रम, नीति तथा योजना एकताबद्ध भएर अघि बढाउने जनाइएको छ ।
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । यो विषयको बहस प्रारम्भ भएका बेलामा हामीले हाम्रो बोली, व्यवहार र आचरणलाई लोकतान्त्रिक बनाउन सक्यौँ कि सकैनौँ भन्ने प्रश्नमा समीक्षा गर्न आवश्यक छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा