गोरखा जिल्लामा माध्यमिक शिक्षा परिषद (एसइई) परीक्षार्थीको सङ्ख्या बर्सेनी ओरालो लाग्दै गएको छ । विगत केहि वर्षदेखि एसइई दिने परीक्षार्थीको सङ्ख्या वर्षेनी ओरालो लाग्दै गएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख रमेशप्रसाद मैनालीले जानकारी दिनुभयो ।
‘महत्त्वपूर्ण कोषको कमी’ को कारणले म्यान्मारका १० लाखभन्दा बढी मानिस अप्रिलदेखि खाद्य सहायताबाट वञ्चित हुने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले शुक्रबार जनाएको छ ।
भैरबी गाउँपालिका–५ को सियाला सामुदायिक वन खाल्तडामा रुख ढाल्ने क्रममा बिहान दस बजे च्यापिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीले जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ । ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन संयुक्त अधिराज्य बेलायतको लण्डन पुग्नुभएका उहाँले जलवायुका असरबारे ध्यानाकर्षण गराउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
नेपाल अर्वुद रोग निवारण संस्था धनकुटा शाखाको आयोजनामा धनकुटा जिल्लाभर सञ्चालित सप्ताहव्यापी क्यान्सर सचेतना तथा परामर्श कार्यक्रम एक समारोहबिच सम्पन्न भएको छ।
बाजुरामा भेडी गोठ यतिबेला बेँसीबाट धमाधम लेक तिर सार्न थालेका छन् । हिउँदको जाडो छल्न बेँसी (औल) झारिएका ती भेडी गोठ चैत महिना लागेसँगै त्यहाँ गर्मी बढेपछि अहिले ती भेडि गोठ लेक तिर सार्न थालेका हुन् ।
बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरूलाई निस्सा वितरण सुरु गरेको छ ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिका भित्रका विद्यार्थीलाई प्रोत्साहन स्वरूप एक लाख रुपियाँ उपलब्ध गराउने घोषण गरेको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिसनअन्तर्गत दुई वटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ ।
वसन्त ऋतुको आवागमनसँगै जनज्योति सामुदायिक वन उपभोक्ता समूह, निजगढ बाराका अध्यक्ष खड्गबहादुर मोक्तानको अन्य सामान्य बेलाको भन्दा धेरै जिम्मेवारी थपिएको महसुस गर्नुहुन्छ ।
पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
चीनले इरानसँगको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्नका लागि शुक्रबार रुसी र इरानी कूटनीतिज्ञलाई लागि स्वागत गरेको छ ।
डिभिजन वन कार्यालय उदयपुर गाईघाटले जिल्लास्थित सुरक्षा निकायलाई वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१ का कृषकहरूले गाउँमा नै निःशुल्क माटो परीक्षण गराएका छन्।