नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघले घोषणापत्र सार्वजनिक गरेको हो।
मकवानपुरको थाहा नगरपालिका हावाहुरीका कारण विभिन्न वडामा गरी ८६ वटा घरगोठमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सातमध्ये छ वटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने योजनासहित वडालाई पूर्ण खोप घोषणा गरिएको हो।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले माओवादी कहिले कांग्रेस र कहिले एमालेसँग मिल्दा माओवादीको पहिचान धुमिल भएको बताउनुभएको छ।
ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि गृह मन्त्रालयले फेरि आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरिएको हो।
प्रथम पिङ्क सिटि महोत्सव कप–२०८१ पुरुष भलिबलमा सेमिफाइनल समिकरण पूरा भएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा तेह्र लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार फागुन महिनामा मात्र उक्त रकम बराबर भेटी सङ्कलन भएको हो।
साहित्यका माध्यमबाट पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले इलाममा साहित्य महोत्सव सुरु भएको छ ।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भइ नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध सहज जित निकालेको छ ।
बागमती प्रदेश सरकारको गौरवको योजनामा रहेको बागमती प्रदेश विश्वविद्यालयले बागमती प्रदेशभित्र सञ्चालनमा रहेका क्याम्पसहरूलाई आङ्गिक क्याम्पसको रूपमा समायोजनका लागि प्रक्रिया अगाडि बढाएको छ।
चीनले तेहरानको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्ने आशाका साथ शुक्रबार इरान र रुसका कूटनीतिज्ञसँग छलफल सुरू गर्नुअघि इरानमाथिको ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न अमेरिकासँग आग्रह गरेको छ ।
अस्ट्रेलियाले धातु उद्योगलाई कम उत्सर्जन प्रविधिको विकास गर्न र निर्यात बढाउन ७५ करोड अस्ट्रेलियाली डलर (४७ करोड अमेरिकी डलर) खर्च गर्ने भएको छ ।
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने भन्दै भइरहेको हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस पाल्पा जिल्ला कार्यसमितिले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले सामान्य नागरिकको नैसर्गिक अधिकारलाई रोक्ने र धरपकट गर्ने काम गरेको आरोप लगाउनुभएको छ ।