• १ चैत २०८१, शुक्रबार

पारा एथलेटिक्स टोली स्वदेश फर्कियो

blog

रजत विजेता प्रभा आङदेम्बे ।

काठमाडौँ, चैत १ गते । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भ नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ ।

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियमा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभा आङदेम्बेले नेपाललाई रजत दिलाउनुभएको थियो । 

प्रभाले टी–४७ क्याटगोरीको महिला लङजम्पमा ३.९६ मिटर जम्प गर्दै रजत जित्नुभएको हो । प्रभाले लङजम्पसहित २ सय र ४ सय मिटर दौडमा पनि सहभागिता जनाउनुभएको थियो । 

प्रभासहित नेपालबाट ६ खेलाडी सहभागी थिए । पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गर्नुभएको थियो । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि भाग लिनुभएको थियो । 

अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला रानामगर भारत जानुभएको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।