शङ्कर लामिछाने प्रतिष्ठानले निबन्धकार शङ्कर लामिछानेको ९८ औँ जन्मजयन्तीका अवसरमा पत्रकार एवं लेखक विजय चालिसेलाई शङ्कर लामिछाने निबन्ध पुरस्कार र निबन्धकार पवन आलोकलाई शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गर्ने भएको छ ।
चुम्बनजङ्ग शाहीको चलचित्र ‘मोहर’ को छायाङ्कन सकिएको छ । चलचित्रका प्रोडक्सन डिजाइनर लक्ष्मणराज पौडेलका अनुसार दाङ, अर्घाखाँची, प्युठान तथा रोल्पामा चलचित्रको छायाङ्कन गरिएको छ ।
चलचित्र ‘कर्मा’ को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार काठमाडौँमा एक कार्यक्रमबिच टिजर सार्वजनिक गरेको हो । टिजरमा विपिन कार्की द्वन्द्वसँगै उहाँको भावनात्मक पक्ष पनि देखाइएको छ ।
बहुपति प्रथाको कथामा आधारित चलचित्र ‘द्रौपदी’ को निर्माण पक्षले शुक्रबार पोखरामा चलचित्रबारे सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
मदन भण्डारी कलासाहित्य प्रतिष्ठानको आयोजनामा काठमाडौँमा शुक्रबारदेखि ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ सुरु भएको छ ।
चैतका लागि वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
सर्वोच्च शिखर सगरमथाको ‘स्प्रिङ’ सिजन २०२५ को आरोहण समय नजिकिँदै गर्दा आरोहण मार्ग निर्माणका लागि आइसफल डाक्टरहरूको टोली आधार शिविर प्रस्थान गरेको छ ।
काठमाडौँको तारकेश्वर र नार्गाजुनका विभिन्न ठाउँमा गुणस्तरहीन चामल, चिउरा र अन्य खाद्य ब्रान्डिङ गरेर बिक्री गर्ने गोदाममा सिलबन्दी गरिएको छ ।
अदालतहरूको कार्यबोझ व्यवस्थापन गर्न विद्यमान क्षेत्राधिकारमा पुनरवलोकन गर्नुपर्ने सर्वोच्च अदालतले सुझाव दिएको छ ।
निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३० राजनीतिक दलको कारबाही प्रक्रिया अगाडि बढाएको छ । कानुनले तोकेको समयसीमाभित्र ८९ राजनीतिक दलले मात्रै लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । प्रतिवेदन नबुझाउने दलको सङ्ख्या ३० छ ।
नेपाली भाषा साहित्यमा लोकप्रियताको चुली चुमेको ‘बसाइँ’ उपन्यासका पर्याय लीलबहादुर क्षेत्री हामीबिच रहनुभएन । तथापि ‘बसाइँ’ को विम्ब र ‘ब्रह्मपुत्रको छेउछाउ’ सम्झना बनेर उहाँ नेपाली साहित्यमा सधैँ जीवितै रहनुहुने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई शुक्रबार स्वागत गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको घर्षणका बाबजुद जी ७ विदेशमन्त्रीहरूको समूहले युक्रेन र रुसबीच युद्धविरामका लागि अमेरिकी नेतृत्वको आह्वानलाई समर्थन गर्दै एकीकृत वक्तव्यमा पुगेको आयोजक क्यानाडाले शुक्रबार बताएको छ ।
नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले अति विशिष्ट पदाधिकारीहरूको सेवा सुविधा घटाउन माग गर्नुभएको छ ।
होली पर्वको अवसरमा शुक्रबार मिथिला नाटयकला परिषद् जनकपुरधामले प्रत्येक वर्ष झै यस वर्ष पनि मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको महामूर्ख सम्मेलनमा मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधिबाट सम्मान गरेको हो।