काठमाडौँ , चैत २ गते । शङ्कर लामिछाने प्रतिष्ठानले निबन्धकार शङ्कर लामिछानेको ९८ औँ जन्मजयन्तीका अवसरमा पत्रकार एवं लेखक विजय चालिसेलाई शङ्कर लामिछाने निबन्ध पुरस्कार र निबन्धकार पवन आलोकलाई शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गर्ने भएको छ ।
साहित्यकार चालिसेका डोटेली लोकसंस्कृति (लोकसाहित्य) र अप्रिलको बेलायत (नियात्रा, २०४५), मनका तुलिकामा स्मृतिका विम्बहरू (नियात्रा, २०६३), ओह्...नेपारु (नियात्रा, २०७३), मरुभूमिको फूल (निबन्ध, २०७७), सर्पदंशित मेरो वर्तमान (संस्मरण, २०७७), परिशीलन (निबन्ध, २०७७), जीवनका बक्ररेखा (आत्मसंस्मरण २०७८) लगायत विभिन्न कृति प्रकाशित छन् ।
यसै गरी नियात्राकार आलोकका युरोपको झझल्को (नियात्रा, २०६७), अरुण एक्सप्रेस (यात्रा उपन्यास २०७३), केही सम्झना : केही सिर्जना (निबन्ध सङ्ग्रह, २०७३) लगायत विभिन्न कृति प्रकाशित छन् ।