• ३ चैत २०८१, आइतबार

‘कर्मा’ को टिजर सार्वजनिक

blog

काठमाडौँ, चैत २ गते । चलचित्र ‘कर्मा’ को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार काठमाडौँमा एक कार्यक्रमबिच टिजर सार्वजनिक गरेको हो । टिजरमा विपिन कार्की द्वन्द्वसँगै उहाँको भावनात्मक पक्ष पनि देखाइएको छ । 

टिजरमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेतलगायतलाई देख्न सकिन्छ । विपिन र उपासनाको यो पहिलो सहकार्य हो । चलचित्रमा सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको पनि अभिनय रहेको छ । चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्नुभएको हो । एक्सन जनरामा निर्माण भएको चलचित्रमा विपिनको पहिलो द्वन्द्वप्रधान चलचित्र हो ।