काठमाडौँ , चैत २ गते । चुम्बनजङ्ग शाहीको चलचित्र ‘मोहर’ को छायाङ्कन सकिएको छ । चलचित्रका प्रोडक्सन डिजाइनर लक्ष्मणराज पौडेलका अनुसार दाङ, अर्घाखाँची, प्युठान तथा रोल्पामा चलचित्रको छायाङ्कन गरिएको छ ।
ओम प्रतीकको निर्देशन रहेको चलचित्रमा अर्जुनजङ्ग शाही, पल शाह, बेनिसा हमाल, नीति शाह, मिथिला शर्मा, लक्ष्मी गिरी, रवीन्द्र झा, सुशील देवकोटालगायतको अभिनय रहेको छ ।
चलचित्रमा दिपेन बस्नेतको छायाङ्कन, कुमार महर्जनको द्वन्द्व, सुरेश अधिकारी र एसडी योगीको सङ्गीत, प्रमोद ढुङ्गाना र हर्क साउदको गीत रहेको छ ।