मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो ।
लोहरपट्टी नगरपालिका ४ स्थित सशस्त्र प्रहरीको रेलवे सुरक्षा बेसका सशस्त्र नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि बालिकालाई जबरजस्ती गरेको आरोपमा स्थानीयले विरोध गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोवास गर्ने समुदायहरूको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसी समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
विद्युत् नियमन आयोगकी सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथ ग्रहण गर्नुभएको छ । यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्त भट्टराईले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शुक्रबार मन्त्रालयमा शपथग्रहण गर्नुभएको हो ।
कैलालीको जानकी गाउँपालिकाका कलाकारले थोरै समयको प्रशिक्षणले उत्कृष्ट लोक चित्रकला तथा मूर्तिकला तयार गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिनुभएको छ।
लमजुङमा दुई हजार ९४१ जनाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् ।
गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।
भन्सारमा वस्तुको वर्गीकरण वस्तुको प्रकृतिअनुसार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविराम गर्ने वासिङ्टनको योजनाबारे आफूलाई गम्भीर आशङ्का रहेको तर मस्को अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न तयार रहेको बताएका छन् ।
धरानमा उपमहानगरपालिकामा आपसी सद्भाव बाँड्दै होली पर्व हर्सोल्लासको साथ मनाइएकाे छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारले निष्पक्ष रूपमा काम गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कर्णालीले प्रदेशका महिला पत्रकारहरूका लागि आयोजना गरेको तीन दिने तालिमको उद्घाटन कार्यक्रममा बाल्नुहुँदै उहाँले प्रदेश सरकारले पत्रकारका लागि रचनात्मक कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई दुई विकेटले पराजित गरेको छ ।