धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोक मार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
झापाको कनकाई नगरपालिकामा ४ कोटीहवनमा एक युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।
खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा आमाहरूको फुटबल प्रतियोगिता भएको छ ।
कञ्चनपुर, चैत १ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का महिला मल बनाउन वनबाट पत्कर ल्याउँदै । वन क्षेत्रबाट ल्याइएको पत्कर कुहाएर जैविक मल बनाई खेतबारीमा हाल्ने गरिन्छ । तस्बिरः रासस
रघुगंगा जलविद्युतमा काम गर्ने क्रममा रघुगंगा गाउँपालिका–४ बुकलमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
यातायातको पहुँचले मनास्लु र अन्नपूर्ण पदमार्गको यात्रा छोटिँदै गएको मात्र छैन, धुलो, धुँवा र ध्वनि प्रदूषणले पर्यटकलाई अशान्त पनि बनाउँदै आएको छ ।
धनकुटा जिल्लाको छत्तर जोरपाटी गाउँपालिका–२, फलैचास्थित गुरुङ टोलमा एक युवक मृत फेला परेका छन्। मृतक ३८ वर्षीय खेम बहादुर दर्लामी मगर रहेको प्रहरीले जनाएको छ। मृतककै घरनजिकै मृत अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए।
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाही सदरमुकाम मलङ्गवामा अवैध ढङ्गले सञ्चालित १५ वटा अस्पताल बन्द गर्न निर्देशन दिनुभएको छ ।
चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको परिवार श्रोतले जनाएको छ ।
दाङको घोराहीमा विद्यालय व्यवस्थापन समिति गठनका क्रममा विवाद हुँदा विद्यालयका प्रधानाध्यापकसहित तीन जनामाथि कुटपिट भएको छ ।
पाल्पाको रामपुर नगरपालिकामा धमाधम सडक स्तरोन्नति भइरहेको छ । कालीगण्डकी बेँसीको मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको बेझाँड बजार, बसपार्क र आसपासका क्षेत्रका नौ किलोमिटर सडक स्तरोन्नतिको काम तीव्र गतिमा चलेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको काम कारबाहीको प्रतिपक्षले विरोध गरिरहेका बेला सत्ता गठबन्धनको प्रदेशस्तरीय राजनीतिक संयन्त्रले सरकारको कामलाई प्रभावकारी बनाउँदै लैजाने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएकाे खबरले आफूलाई पीडा भएको बताउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
बझाङको बुङ्गल नगरपालिकाका भूकम्प प्रभावित परिवारले अस्थायी आवास निर्माणको दोस्रो किस्ताको रकम अझै पाउन नसकेको गुनासो गरेका छन् ।