• १ चैत २०८१, शुक्रबार

हावाहुरीले डेढ दर्जन घरमा क्षति

blog

मकवानपुरको थाहा नगरपालिकाकका विभिन्न वडामा आएको हावाहुरीले पुर्‍याएको क्षति । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, चैत १ गते ।
हावाहुरीका कारण मकवानपुरको थाहा नगरपालिकाको विभिन्न वडाहरूमा ठुलो परिणाममा क्षति पुगेको छ । थाहाको वडा नं. ३, ४, ५ र ८ लगायतका वडाहरूमा गएराति असिनापानीसहित आएको हावाहुरीले झण्डै डेढ दर्जन घरमा क्षति पुर्‍याएको हो ।

पाँच वटा कच्ची घरको छाना उडाई भत्केको र ११ वटा कच्ची घरको छाना उडाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार थाहा ४ धारापानी र थाहा ३ डाँडागाउँ र  देउरालीमा आठ वटा घर र थाहा ५ नलिबनमा आठ वटा घरमा हावाहुरीबाट क्षति पुगेको हो ।

थाहा ४ धारापानी र थाहा ३ डाँडागाउँस्थित घर हावाहुरीका कारण क्षति भएको जनाउँदै प्रहरीले घरहरूमा क्षति भए पनि मानवीय र चौपाया क्षति नभएको बताएको छ ।

थाहा ३ डाँडागाउँका वर्ष ५४ को मधु सुजन विष्टको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको छ भने वर्ष २७ का दिल माया गोलेको काठ र जस्ताले बनेको घरको छाना उडाएको र घर भत्किएको छ ।

हावाहुरीले थाहा ३ का रत्न स्याङतानको काठ र जस्ताले बनेको घरको छाना उडाएको र घर भत्किएको, श्याम गोलेको काठ र जस्ताले बनेको घरको छाना उडाएको र घर भत्किएको, राजकुमार भुजेलको ढुङ्गा माटोले बनेको घरको छाना उडाएको र थाहा देउरालीका राजन भुजेलको काठ र जस्ताले बनेको घरको छाना उडाएको र घर भत्किएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार रातिको हावाहुरीका कारण थाहा ३ कै कृष्ण भुजेलको काठ र जस्ताले बनेको घरको छाना उडाएको घर भत्किएको र भोटेखोरियाका साधुराम विष्टको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो, काठ र जस्ताले बनेको गोठ उडाएको छ ।

यस्तै हावाहुरीले थाहा ५ नलिबनका हिरा पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, राजु पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, रमेश पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, दीपक पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, गणेश पाख्रिनको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको र जगनाथ अधिकारीको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानोउ डाएको छ ।

थाहा ५ का रामसिंह रायमाझीको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो उडाएको, नकुल कार्कीको ढुङ्गा माटोले बनेको घरको जस्ताको छानो हावाहुरीले उडाएको प्रहरीको भनाइ छ ।

प्रहरीले घर क्षति भएका विभिन्न स्थानका पीडितहरूको उद्दारगरेको थियो ।

असिना पानीसहित आएको हावाहुरीका कारण विभिन्न वडामा स्थानीय किसानले बनाएको तरकारीका टनेलहरू र तरकारी खेतीमा पनि क्षति पुगेको स्थानीय शम्भु अधिकारीले जानकारी दिनुभयो ।