मधेशको जीवनरेखा भनेर चिनिएको हुलाकी सडकमा पर्ने कमला नदीको पुल भासिएको तीन वर्षभन्दा बढी समय भएको छ । पुल निर्माण सम्पन्न भएर उद्घाटन हुने अवस्थामा पुगेपछि पुल भासिएपछि स्थानीयको आशा निराशामा परिणत भएको छ ।
तनहुँमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । जिल्लामा एक हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ । डेङ्गुको प्रकोप बढ्न थालेपछि तनहुँ जोखिममा छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा प्रहरीले अवैध सालका काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
देशैभरका स्थानीय तहका प्रमुख लगायतका जनप्रतिनिधिहरू महिनौँ समय काठमाडौँमै बिताउने गरेको भेटिन्छ । पालिकाको खर्च गरेर कार्यालयको काम भन्दै खुसीमय जीवन बिताउन सहरमा महिनौँ बस्ने गरेपछि जनताले सेवा पाउन समेत सकेको पाइँदैन ।
रमेश स्नातक तह चौथो वर्षमा पढ्दै थियो । एक महिनापछि उसको सेमेस्टरको अन्तिम परीक्षा थियो तर ऊ पढाइमा ध्यान केन्द्रित गर्न सकिरहेको थिएन किनकि एक वर्षदेखि उसले गरेको प्रेम उसैलाई बोझ भइरहेको थियो । झन्डै १५ दिनदेखि ऊ बेचैन थियो । कलेज पनि फाट्टफुट्ट जान्थ्यो । सधैँ हाँस्ने, सधैँ हँसाउने ऊ विस्तारै उदास भइरहन्थ्यो । प्रायः झोक्रिरहेको हुन्थ्यो । परीक्षा आउन एक महिना मात्रै बाँकी थियो तर उसले यो सेमेस्टरमा खासै केही पढेको थिएन । राति १० बजेसम्म अनि बिहान ६ बजे उठेर पढ्ने बानी थियो तर उकेही दिनदेखि राति जागै बस्ने अनि दिउँसो सकीनसकी सुत्ने बानी परेको थियो उसलाई । सधैँ झैँ आज रा
गयो बैँस सारा गयो यो जवानी नजानी नजानी बित्यो जिन्दगानी कतै रङ्गमञ्च कतै घाम पानी कतै भोक प्यासी कतै छन् सुदामा ।
पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन । बागलुङको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर विद्युत् नपुग्दा अन्धकारमा बस्न बाध्य छन् ।
देशका धेरै युवालाई छ बिदेसिने चाहना विदेशमै बस्नलाई खोज्ने गर्छन् बहाना सबै युवा बिदेसिए खै त देशका गहना ? म त भन्छु विदेश बस्ने नराखौँ है चाहना ।
सम्झनाका साना नसा, सुके पनि हुन्थ्यो एक चित्र सलबलाउँछ, लुके पनि हुन्थ्यो । बाहिर हेर्दा ठिकै छु म, भित्र चल्छ हुरी मेरो जस्तै मुटु उनको, दुखे पनि हुन्थ्यो ।
पूर्वी नेपाल सङ्खुवासभा, खाँदबारीका राजकुमार राईले हङकङलाई कर्मभूमि बनाएर नेपाली भाषा साहित्यको सेवामा आफूलाई सक्रिय बनाउनुभएको छ । उहाँ हङकङ साहित्यिक समाज साझा शृङ्खलाका अध्यक्ष र साब्लाबुङ साहित्यिक पत्रिकाका सम्पादक/प्रकाशक पनि हुनुहुन्छ । उहाँको औपन्यासिक कृति, किवाहाङ, (२०८१) भर्खरै प्रकाशित भएको छ । हुन त यो उपन्यास आञ्चलिकता र किराँत संस्कृतिको चित्रणका दृष्टिले उल्लेख्य र महत्वपूर्ण छ । यो यात्रा संस्मरणात्मक,
काठमाडौँबाट ऋषिकेश र हरिद्वार तीर्थाटन थियो । यसपछि हाम्रो बस काश्मीर अमरनाथ गुफा (बर्फानी बाबा–शिवलिङ्ग) दर्शनमा लाग्यो । यो दर्शनका लागि दुई गोरेटा रहेछन् । एक, पहलगाम ३५ किलोमिटर हेलिकोप्टर उडान सुविधासमेत । अर्को, बालटाल १४ किमी । हामी ३५ जवान नरनारीले बालटाल रोज्यौँ । जम्मुकाश्मीर राज्य सरकार नियममा ७० वर्ष उमेर कटेकालाई अमरनाथ दर्शन निषेधित छ । उमेर अपवादमा म ८१ वर्षको ! म मेरा भतिजीज्वाइँ राम पौडेलका सहयात्री थिएँ ।
डोटेली संस्कृतिमा हरेक महिनाको पहिलो दिन सङ्क्रान्तिलाई पर्वका रूपमा मानिन्छ । हरेक महिना परिवर्तन हुँदा सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गरेको हुन्छ । त्यस दिनलाई शुभकार्यका लागि अपुच्छ्य दिन पनि भनिन्छ । वैशाखलाई बिसु, साउनलाई हरेली भने जस्तै भदौ सङ्क्रान्तिलाई ओल्के भन्ने गरिन्छ । भदौ १२ महिनामध्येको एक महिना हो । साउनबाट भदौ सुरु हुँदा सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गरेको हुन्छ । त्यसैले सिंह सङ्क्रान्ति पनि भनिएको हुन्छ । भद्रा नक्षत्रबाट भाद्र भनिएको हो ।
हामी संस्कृतिमा निकै धनी छौँ र हाम्रा रीतिरिवाजमा विविधता पाइन्छ । धार्मिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक रूपले महìवपूर्ण एवं रमाइलो जात्रा पनि हो गाईजात्रा । वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर लग्ने व्यक्तिलाई आआफ्ना इलाकामा परिक्रमा गराउने र गाईजात्रा पठाउने घर घरबाट थरीथरीका रोटी, फलफूल पैसा आदि राखेर वर्षको ३६५ दिनको हिसाबले ३६५ प्याकेट बनाएर अन्य सहभागीलाई बाँड्न बस्छन् । अन्य श्रद्धालुद्वारा पनि गच्छे अनुसार दुध, फलफूल, जुस, रोटी, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् श्रावण शुक्ल प्रतिपदाका दिन मना
मधेश प्रदेशका मन्त्रीहरूले शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।